विद्यार्थीद्धारा अनिश्चितकालिन नगरबस बन्दको घोषणा, प्रहरीले पत्रकारलाई समेत कुटे


पोखरा – नगर बसको ठक्करबाट पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययनरत विद्यार्थी बोधराज ढकालको मृत्यु पछि आन्दोलनरत विद्यार्थीले अनिश्चितकालिन नगरबस बन्दको घोषणा गरेका छन् । पोखरा नगर बस व्यवासायी समिति सँग परिवार सगँ वार्ता विना निष्कर्ष टुंगीए पछि विद्यार्थीले बस बन्दको घोषणा गरेका हुन् ।

प्रहरीको रोहबरमा मंगलबार भएको वार्ता विना निष्कर्ष टुंगीएपछि कास्कीमा क्रियाशिल विद्यार्थी संगठनहरुले सयुक्त प्रेस विज्ञप्ती जारी गर्दै बुधबार पोखरामा अनिश्चितकालिन नगरबस बन्द लगायत आन्दोलनको घोषणा गरेका छन् ।

नेविसंघ स्याङजा पिएन क्याम्पस सम्पर्क समितिका सभापति समेत रहेका मृतक ढकालको घट्ना नियोजित रहेको भन्दै यसको सत्य तथ्य छानविन गरि दोषिलाई कडा भन्दा कडा कारवाहि गर्नुपर्ने नेविसंघ कास्कीले माग गरेको छ ।

सोमबार साँझ पिएन क्याम्पस गेट अगाडी नगरबसमा घर जान हिडेका ढकाललाई भाडाको विषयमा सामान्य भनाभन भई ओर्लिने क्रममा आफैँ चढेको बसले ठक्कर दिएको पिडितको आरोप छ । बसले ठक्कर दिइ घाइते भएका ढकालको उपचारका क्रममा मणिपाल अस्पतालमा सोमबार मृत्यु भएको थियो । आज पिएन क्याम्पस क्षेत्र दिन भर तनावग्रस्त रह्यो ।

नेपाल विद्यार्थी संघ निकट विद्यार्थीहरुले मंगलबार विहानै देखि नाराबाजी सहित आन्दोलनमा उत्रिए पछि विद्यार्थीलाई तितरवितर पार्न प्रहरीले ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । झडपमा परि प्रहरी र विद्यार्थी दुबै घाइते भएका छन् । घटनाको छानवीन गरि तत्कालै क्षतिपुर्तिको ब्यवस्थापन नभएसम्म बन्द फिर्ता नहुने नेविसंघ कास्कीले जनाएको छ ।

प्रहरीले पत्रकारलाई समेत कुटे

नगरबसको ठक्करबाट नेविसंघ नेताको मृत्यु भएपछि पोखरामा बगर क्षेत्र मंगलबार दिऊसो तनाव ग्रस्त बन्यो । प्रहरीले समाचार संकलनमा खटिएका पत्रकारलाई समेत कुटेका छन् ।

आदर्श समाजका पत्रकार प्रकाश ढकालको खुट्टामा लाठीले हान्दा चोट लागेको छ । पत्रकार ढकालले आफू पत्रकार भन्दा भन्दै पनि प्रहरीले अन्धाधुन्ध प्रहार गरेको बताएका छन् । प्रहरीको यो हर्कतको पत्रकार महासघं कास्कीले विज्ञप्ती प्रकाशीत गर्दै विरोध गरेको छ । ढकाल पत्रकार महासंघ कास्की कार्यसमिति सदस्य समेत हुन् ।

‘प्रहरीबाट चर्को दमन छ । विद्यार्थीलाई उत्तेजित बनाएको अवस्था छ । पत्रकार समाचार संकलन गर्न जाँदा त छाडेनन् ।’ – ढकालले भने( ‘पत्रकारको कार्ड देखाउँदा देखाउँदै नली खुट्टैमा हाने । प्रहरीले स्थिती नियन्त्रणमा लिन खोज्दा विद्यार्थी र प्रहरी बीच झडपकै अवस्था समेत सिर्जना भएको थियो । पटक पटक झडप भैरहेको थियो । विहानै पक्राउ परेका विद्यार्थीलाई प्रहरीले रिहाई गरे पछि विद्यार्थीहरुले कोष सभा गरेर आन्दोलन मथर भएको छ ।

उनीहरुले घटनाका दोषीमाथी कारबाहीको माग सहित विहानैदेखि आन्दोलन गरेका थिए । आन्दोलनपछि ठूलो संख्यामा प्रहरीहरु परिचालन गरेको थियो । नेविसंघ स्याङजा पिएन क्याम्पस सम्पर्क समितिका सभापति सभापति बोधराज ढकालको सोमबार साँझ नगरबसले ठक्कर दिँदा मृत्यु भएको हो । मंगलबार दिन भर नगर बस चले नन् ।