सिद्धार्थ बैंकको बागलुङ्ग शाखा शुभारम्भ


????????????????????????????????????

वाग्लुङ । सोमबार बागलुङ्गको बागलुङ्ग बजारमा एक विशेष समारोहका बीच सिद्घार्थ बैंक बागलुङ्ग शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाकोे उद्घाटन उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य निर्माणकुमार श्रेष्ठ तथा बागलुङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले संयुक्त रुपमा गर्नुभएको थियोे ।

यस शाखाबाट बैंकका अन्य शाखाहरुबाट जस्तै सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नुहुनेछ । साथै यी शाखाबाट स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशिलताको वृद्घि जस्ता आर्थिक गतिविधि बढ्ने र यस स्थानका व्यापारी तथा सर्वसाधारणले बैंकले प्रदान गर्दै आएको उच्चस्तरीय सेवाबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालै बैंकले देशभर ९२ वटा शाखा, ३ एक्स्टेन्सन् काउन्टर, ९९ शाखारहित बैंकिङ्ग सेवा, १०५ ATM, र ६५० भन्दा बढी एइक् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४/०७५ को पौष मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८५ अर्ब ५७ करोड र कर्जा लगानी रु. ७६ अर्ब ९५ करोड गरेको छ भने पौष मसान्तसम्म खुद मुनाफा ७७ करोड रहेको छ ।