जनकपुरमा बहुरंगी संसद्, भाषामा पनि छुट्टै पहिचान


जनकपुर – जनकपुर -१२ को कुवारामपुरस्थित प्रदेशसभा बैठक कक्षमा बिहान १० बजेदेखि नै सांसदहरू आआफ्नो पहिचान झल्किने विभिन्न भेषभूषामा पुगिसकेका थिए ।

कोही धोतीकुर्ता, कोही कुर्तापाइजामा, गम्छा लगाएका थिए, कोहीचाहिँ कोटपाइन्टमै थिए । बैठककक्षभित्र प्रवेश गर्नुअघि दलका नेत्रीले फूलमाला र अबिर लगाएर स्वागत गरेका थिए ।

अर्को अनौठो दृश्य त के देखियो भने, संसद्भित्र सेतो दौरा सुरुवाल र कालो कोटमा सजिने मर्यादापालक पनि ‘फर्मल ड्रेस’ मा उपस्थित भएका थिए ।

सर्वदलीय बैठकको निर्णयअनुसार उनीहरू सफारी सुट र कोट पाइन्टमै उपस्थित भएका हुन् । महिला मर्यादापालकचाहिँ आफूखुसी कुर्तासुरुवाल र स्विटरमा थिए ।

मर्यादापालकलाई औपचारिक पोशाक प्रयोग गर्नबाट रोकिएको थियो । महिला मर्यादापालक भनी चिनाउन छातीमा बिल्ला लगाइएको थियो । केन्द्रीय संसद्मा लगाइने दौरासुरुवाल, टोपी प्रदेशसभामा ‘निषेध’ गरिएको थियो ।

सभामुखको आसनबाट प्रदेशसभाका जेठा सांसद एमालेका लगनलाल चौधरीले नेपाली भाषाबाटै बैठकको कारवाही सुरु गरे ।, आजको अन्नपुर्ण पोष्टमा खबर छ ।