हट फेसन सो मा तातियो पोखरा, मुख्य केन्द्रविन्दु सञ्चिता लुईटेल (फोटोफिचर)


राजाराम पौडेल,पोखरा –  विस्तारै चिसिएकोे पोखरा प्रर्दशनी केन्द्र पोखराको ताप एक्कासी बढ्यो । एकपछि अर्को गर्दै काठमाण्डौ तथा पोखराका मोडलहरु आर्कषक गेटअपममा ¥याम्पमा देखिए । वरिपरी छरियर बसेका दर्शक स्टेज अगाडी पुगे । विस्तारै म्युजिकको भोलुम बढ्यो ।

सेलिब्रेटि सिक्वेन्स मार्फत दिकपाल कार्की, यशराज, निर्जन थापा, नरेन खड्का स्टेजमा देखिए ।यसैगरी दिव्या मर्हजन, सोनिया विश्वकर्मा, सरिना थेन, आयुष्मा कर्माचार्य, अनिष मर्हजन, पैरव सिवाकोटी, दिपेश बराल, निरज पन्त, पेरणा पराजुली, अंशु शाक्य, एलिसा जोशी, अस्मिता योगीको पर्फमेन्सले दर्शकको ध्यान खिच्यो ।

साडी, लेहेङ्गा, गाउन र फेष्टिभ सिक्वेन्स मार्फत काठमाण्डौ तथा पोखराका मोडलहरुले आफ्नो सुन्दरता पस्के । ब्लेजर, सेरवानी र फर्मल सुटमा ¥याम्पमा देखिएका पोखरा तथा काठमाण्डौंका युवा मोडलले सो को आर्कषण बढाए ।


पोखरा उद्योग वाणिज्य संघले पोखराको नयाँबजारमा आयोजना गरेको सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेलामा शुक्रबार चेरिष्मा फेसन नाइट सिजन २ को आयोजना गरिएको थियो ।

फेसन सो को मुख्य केन्द्रविन्दु नायिका सञ्चिता लुईँटेल थिइन् । सिल्भर र गोल्डेन कलरको लेहेङ्गामा सजिएर उनी ¥याम्पमा उत्रिदाँ माहोल झनै गर्मीयो । केहि मोटाएको देखिने उनलाई सो टपरको रुपमा आयोजकले सो को केन्द्रविन्दुको रुपमा उतारेका थिए । उनको जोश भने खासै देखिएन । उनले दर्शक राम्रो साथ भने पाइन् । कोहि चिच्याए । कोही नजिकै जाने प्रयास गरे । आफ्नो क्यामेरामा उनलाई कैद गर्न तछाड मछाड गर्ने उस्तै देखिए ।


नेल्सन इन्टरटेनमेन्ट प्रालिले इभेन्ट मेनेजमेन्ट गरेको फेसन सो मा मोडलहरुले चेरिष्मा इम्पोरियमले यार पारेका पहिरनमा सजिएका थिए । पहिरनलाई आर्कषक बनाउन कोरियोग्राफर जयन सुब्बा मानन्धरको मेहनत गरेकी थिइन् । साँझलाई रमणिय बनाउन गायिका रितु कँडेल र गायक एल्बिन थापाको गायन प्रस्तुतीले थप मद्धत ग¥यो ।

तस्विर : राजाराम पौडेल