कुख्यात डन दिनेश अधिकारी ‘चरी’ मुठ भेडमा मारिए


काठमाडौं  साउन-

हत्या प्रयासको अभियोगमा  फरार रहेका कुख्यात डन दिनेश अधिकारी ‘चरी’ मुठ भेडमा मारिएका छन् । 

काठमाडौंका प्रमुख एसएसपी पुष्कर कार्कीका अनुसार  प्रहरीसँगको मुठभेडमा उनी मारिएका हुन् । बुधबार अपराहृन प्रहरी टोलीसँग काठमाडौं र धादिङको सीमामा पर्ने भीमढुंगामा भिडन्त भएको प्रहरीले जनाएको छ ।  प्रहरी टोलीले उनीमाथि आठ राउण्ड गोली हानेको थियो ।  मोटरसाइकलमा सवार चरी पेट र छातीमा गोली लागेपछि सडक किनारमा ढलेका थिए । घटनास्थलबाट प्रहरीले उनले प्रयोग गरेको पेस्तोल र गोली बरामद गरेको छ ।

 हतियारसहित एक व्यक्ति हिंडिरहेको सूचनाका आधारमा पिछा गर्दै आएका प्रहरीमाथि फायरिङ भएपछि भएको जवाफी फायरिङमा अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ  । चरीले हानेको गोली लागी एक प्रहरी पनि घाइते भएका छन् । 

kp-ko-photo

‘६ महिनाअघि धादिङका राधे भण्डारीलाई खुकुरी हानी हत्या प्रयास गरेकाे अभियोग लागेपछि उनी फरार थिए। लामो समय भारतमा बसेका चरी १५ दिनअघि मात्रै काठमाडौँ प्रवेश गरेको सुरक्षास्रोतले जानकारी दियो। स्रोतका अनुसार उनी काठमाडौँ भित्रिएलगत्तै केही व्यापारीहरुलाई फोन गरेर धम्क्याएको सूचना पाएपछि प्रहरीले उनको खोजीलाई तीव्रता दिएको थियो।