पोखराको नयाँबजारमा जारी राष्ट्रिय व्यापार मेलामा शुक्रबार फेसन सो


पोखरा – पोखराको नयाँबजारमा जारी सफल राष्ट्रिय व्यापार मेला तथा दोस्रो मोवाइल मेलाअन्तर्गत शुक्रबार फेसन सो आयोजना गरिएको छ । नेपालकी चर्चित नायिका सञ्चिता लुईँटेल ¥याम्पमा उत्रने ‘फेसन सो’ को प्रायोजक चेरिष्मा इम्पोरियमकी संचालक तथा मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य सीता बरालले जानकारी दिनुभयो । उहाँका अनुसार सोमा नेपालका चर्चित पुरुष तथा महिला मोडलहरु सहभागी रहेका छन् । फेसन सो मा सांंगीतिक कार्यक्रम पनि समावेश गरिएको छ ।

यसैगरी शुक्रबार लोकगायक बद्री पगेँनी विशेष आकर्षण रहनेछन् । मेलाका साँस्कृतिक उपसमिति संयोजक पवनकुमार प्रजापतिका अनुसार बद्री पगेनीलाई चोलेन्द्र पौडेल,शंकरविरही गुरुङ,कृष्ण देवकोटा, अमर धिताल, सरला पाण्डे, शिवहरि ढुंगाना, शान्ति डोटेल, पारु गुरुङ, नेत्रपाणि बास्तोलाले साथ दिनेछन् । यता बिहीबार मेलामा राजेशपायल राईको विशेष प्रस्तुतिले दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान ग¥यो ।सोनाम ल्होछारका दिन आयोजना गरिने सांगीतिक कार्यक्रममा उनलाई रवि रिमाल, मीना निरौलाले साथ दिएका थिए ।

लोकगायकहरु खुमन अधिकारी, चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ,केशव देवकोटा, चन्द्रा कार्की, काजल गुरुङ,सरस्वती परियार, जगत गौडेल,नेत्रपाणि बास्तोलासहित मुलाको साग र जोगिन्दर पानवालको हाँस्य प्रहसन पनि समावेश गरिएको थियो ।

संघका महासचिव दामु अधिकारीका अनुसार पोखरा उद्योग वाणिज्य संघले यो मेलाको प्रवेश टिकटमा बम्पर उपहारको व्यवस्था समेत गरेको छ । मेला समापनको दिन मेलाको प्रवेशटिकटमध्ये एकजनालाई गोलाप्रथाद्धारा हुण्डाई कम्पनीको इवन गाडी उपहारको राखिएको छ । सो गाडीको बजार मूल्य १८ लाखभन्दा बढी रहेको छ । उहाँका अनुसार मंगलबारसम्म करिब १ लाख २० हजार जनाले मेलाको अवलोकन गरेका छन् भने ७ करोडजतिको कारोवार भएको अनुमान गरिएको छ । मेलामा राखिएका अटो स्टलबाट गाडीहरु बिक्री बढेपछि कारोवार उकालो लागेको हो ।

पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उदेश्यले मेलाको आयोजना गरिएको हो । लगानीको सम्वद्र्धन ः उद्योग ब्यवसायको प्रवद्र्धन भन्ने नारा अनुरुप नै यो मेला प्रदेश नम्बर ४ को ब्यवसाय बिस्तारको संभावनाको खोजीे तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उदेश्यमा समेत समर्पित रहेको संघका महासचिव अधिकारीले बताउनुभयो ।
सबैको चासो मोवाइल एक्सचेञ्जमा १
सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेलाअन्तर्गत मोवाइल एक्सचेञ्ज अफर प्रमुख आकर्षण बन्न पुगेको छ । मेला उत्तरार्धतिर अगाडि बढ्दा समावेश गरिएको सो अफर अनुसार बिहीबार मात्र १ सयवटाभन्दा बढी मोवाइल साँटफेर गरिएको छ । पुरानो मोवाइलको मूल्याङ्कन गरी आफूले रोजेको जुनसुकै ब्राण्डको मोवाइल किन्न पाउने अफरले अवलोकनकर्ता उत्साहित बनेको पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव अर्जुन पोखरेलले बताउनुभयो । मोवाइल किन्दा ५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटका अलावा विभिन्न उपहारहरु समेत समावेश गरिएको छ ।