१७ औं राष्ट्रिय माछापुच्छ्रे फूलकन्ट्याक्ट कराँतेमा पवित्रा र सनि प्रथम


पोखरा – नेपाल क्युकोसिन बुदोकाइ कराँते संघ कास्की शाखाको आयोजनामा १७ औं राष्ट्रिय माछापुच्छ्रे फूलकन्ट्याक्ट कराँते तथा छैटौ क्युकोसिन बुदोकाइ कराँते प्रतियोगिता महिला तर्फ पवित्रा चौधारी र पुरुषतर्फ सनि सिंह सुनार प्रथम भएका छन् ।

पुरुष तर्फको खेलमा खुल्ला तौल समूहमा सनि सिंह सुनार पहिलो, गोविन्द रोक्का कार्की दोस्रो, गणेश अधिकारी र निर्मल केसी तेस्रो भएका छन् । ६० केजी मुनि दिपक आचार्य प्रथम, सनम भुजेल दोस्रो, नविन सुबेदी र विक्रम विसी तेस्रो भएका छन् । ५५ केजी विश्व लामा पहिलो, मोहम्मद नेहाल स्वाफी दोस्रो, सौगत शर्मा र सोमबहादुर थापा तेस्रो भएका छन् । ५० केजी प्रविण माझि पहिलो, रञ्जित राथोड दोस्रो, धिरज परियार र बिनोद नेगि तेस्रो भएका छन् । ४५ केजी मुनी राजकुमार यादव पहिलो, धुव्र मण्डल दोस्रो, मनोज कुमार नविन कुमार मण्डल तेस्रो भएका छन् । ४० केजी मुनि मोहम्मद अफताब खाँ पहिलो, श्रवण कुमार यादव दोस्रो, रोचक सेठि र युवराज ढुङ्गाना तेस्रो भएका छन् । ३५ केजी मुनि विकासकुमार झा पहिलो, स्वरुप रावत दोस्रो, मिराज परियार र करुण पौडेल तेस्रो भएका छन् । ३० केजी मुनि नितेश चैधारी पहिलो, अरविन परियार दोस्रो, राजेश गौतम र प्रतिक पौडेल तेस्रो भएका छन् ।

महिला तर्फको खेलमा खुल्ला तौलमा पवित्रा चौधारी कास्की पहिलो, अञ्जना ढुङ्गना दोस्रो, दिक्षा गुरुङ र देवी घर्तीमगर तेस्रो भएका छन् । ५० केजी मुनि मनिषा तामाङ पहिलो, सुनिता तामाङ दोस्रो, अप्सरा विक र बिना ध्यूर्मा तेस्रो भएका छन् । ४० केजी मुनीसराम कुमाल पहिलो, सर्वदा पौडेल दोस्रो, सविता ठकुरी र सदिक्षा कुमाल तेस्रो भएका छन् ।
प्रतियोगिामा प्रथम दोस्रो र तेस्रो खेलाडीलाई मेडल प्रमाणपत्रले सम्मान गरिएको थियो । पुरुषतर्फ अफ्ताव खाँ र महिलातर्फ सविता पौडेल उत्कृष्ट खेलाडी घोसित भएका छन् । उत्कृष्ट खेलाडीलाई सिल्ड मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो ।