सहयोग रकम बढ्यो ,एनआरएनए स्पेनले पहिरो पिडितलाई १,२४९ युरो उठायो ,सहयोग आउने क्रम जारी


 

बसन्त रानाभाट
बार्सिलोना ,स्पेन

सिन्धुपाल्चोक जिल्लाका पहिरो पीडीत परीवारहरुलाई सहयोग स्वरुप गैरआवसिय नेपाली सघं राष्ट्रिय समन्वय परिषद स्पेनले अहिले सम्म १ हजार २ सय ४९ युरो संकलन गरेको छ ।
संघले नेपाली कथानक चलचित्र “६ एकान ६” को प्रर्दशनी एवम स्पेनबासी समुदायले गरेको स्व:इच्छुक सहयोगबाट पीडीत परीवारहरुलाई राहत स्वरूप रकम संकलन गरेको हो ।

दैविक बिपत्तीबाट सिन्धुपाल्चोक जिल्ला नै शोकमा डुबेको बेला केही राहत दिएर मलाम लगाउन सकिन्छ भन्दै संघले अझै केही दिन सम्म रकम संकलन अभियान जारी राख्दै , सबै नेपाली समुदायलाई सहयोग गर्न अपिल गरेको छ ।

मंगलबार बार्सिलोनामा प्रर्दशन भएको चलचित्र हेर्न पुगेका १०५ दर्शकहरुबाट १०५० युरो संकलन भएकोमा ,हल भाडा ४०० युरो , फिल्म डिस्टिबियुटरलाई ५०० युरो बुझाएर पहिरो पिडितलाई १५० युरो बचाउन सफल भएको संघले जनाएको छ । बाकी रकम भने स्पेनबासी नेपालीहरुले गरेको सहयोगबाट उठेको हो । विपतको घडीमा एउटा नेपालीको पिडा हामी सबैको हो भन्दै संघले थप सहयोग जुटाउनको लागि सहयोग गरिदिन भन्दै स्पेनमा रहेका संघसस्था,संगठनहरुलाई पत्राचार गरेको  छ ।

गैरआवसिय नेपाली सघं अन्तराष्ट्रिय समन्वय परिषदले नै विपतको घडीमा आ -आफ्नो तबरबाट सहयोग गर्न राष्ट्रिय समन्वय परिषदहरुलाई आह्ववान गरिरहेको परिपेक्षमा स्पेनमा पनि सहयोगको लहर चलेको अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य दीपक खरेलले बताए । नेपाली नेपाली डटकम सँग कुरा गर्दै खरेलले भने ,” हामी जति धेरै उठाउन सक्छौ त्यो हामी गर्छौ त्यसैले अझै केही दिन यो अभियानलाई जारी राख्ने छौ ।

राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष एकराज गिरीले भने ,”दैविक बिपत्तीमा सहयोग गर्नु हामी सबैको कर्तब्य हो भन्दै केही रकम सहयोग गरेर कसैको आशु पुछ्न सक्छौ भने तयार हुनु पर्छ ।” साथै यो अभियानमा जुट्न स्पेनमा रहेका सबै संघ सस्था ,संगठन लगायत स्थानिय मिडियाहरुलाई गिरीले सहयोग गर्न अपिल गरेका छन् ।

चलचित्र प्रर्दशनी समितीका संयोजक तथा संघका उपाध्यक्ष निरज कुमार पोखरेलले सम्पुर्ण दर्शकहरुलाई धन्यबाद दिदै यही माहोलले पहिरो पिडित सहयोगार्थ रकम जुटेकोमा खुशी ब्यक्त गरेका  छन् ।

अन्तराष्ट्रिय समन्वय परिषद,राष्ट्रिय समन्वय परिषद,क्षेत्रिय समिती,चलचित्र प्रर्दशनीको लागी बनाईको समितीका साथै स्थानिय मिडियाहरु नेपालीनेपाली डटकम,स्पेनखबर डटकम ,रेडियो स्पेननेपाल र नेपाली वेभ रहने गरी पहीरो पीडीत सहयोग संकलन समिती गठन गरिएको छ ।

यसैबिच रेडियो स्पेननेपाल र नेपालीनेपाली डटकमले यो अभियानमा पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्दता जनाउदै सहयोगीको नामावली पाप्त हुने बित्तिकै प्रकाशित गर्ने र अभियानको अन्त्य सम्ममा समाचारलाई अपडेट गर्ने भएको छ ।

अहिलेसम्म पाप्त रकम र सहयोगीको नामावली यसप्रकार छ ।

६ एकान ६ फिल्म बाट बचत रकम – १५० युरो
दीपक खरेल – ५१ युरो
एकराज गिरी – ५१ युरो
निरज कुमार पोखरेल – ५१ युरो
अर्जुन आचार्य – ५१ युरो
कृष्णहरी कडेल -५१ युरो
सन्दिप मोहन भट्टराई -५१ युरो
हरी श्रेष्ठ – ५१ युरो

देबी प्रसाद सुबेदी -५१ युरो (थपिएको रकम)

रमेश प्रसाद निरौला – ५० युरो

अशोक नेपाल – ४० युरो
हेमन्त रानाभाट -३० युरो
शितल भुर्तेल – ३० युरो
हेम शेर्पा – ३० युरो
पेशल कोइराला – ३० युरो
बेदराम कडेल – ३० युरो
रबी श्रेष्ठ – ३० युरो
प्रकाश भट्टराई -२५ युरो

राम प्रसाद मैनाली – २५ युरो (थपिएको रकम)

दिनेश गुरुङ (देउकाजी ) -२० युरो

बसन्त रानाभाट – २० युरो
भोला लामिछाने -२० युरो
दीपक क्षेत्री – २० युरो
तिलक कार्की – २० युरो
लक्ष्मण शर्मा – २० युरो
सुनिल थापा – २० युरो
ऋषी श्रेष्ठ (दावा )- २० युरो
सुबास थापा – २० युरो
राजु बास्तोला -२० युरो
बिष्णु रिजाल – २० युरो
सुबास बहादुर बिष्ट – २० युरो
अर्जुन अमात्य – २० युरो
दिनेश गिरी – ११ युरो (थपिएको रकम)

बिकास तिमिल्सीना -१० युरो (थपिएको रकम)

पुष्पराज भण्डारी – १० युरो
मुक्त गुरुङ – १० युरो
प्रदिप श्रेष्ठ – १० युरो
बुद्दी थापा – १० युरो
निम कुवर – १० युरो
राजेन्द्र लम्साल – १० युरो
युबराज गुरुङ – १० युरो
शिव नेपाल – १० युरो

सिता श्रेष्ठ- १० युरो ( थपिएको रकम )