युनाइटेड क्लबको आयोजनामा आठौ पोखरा महोत्सव सुरु


पोखरा – युनाइटेड क्लबको आयोजनामा ‘युवाकोे जाँगर, राष्ट्र निर्माणको आधार’ भन्ने नारा सहित विहिबारबाटै आठौ पोखरा महोत्सव  सुरु भएको छ । माघ ८ गतेसम्म चल्ने महोत्सवको प्रतिनिधि सभा संसदस्य एवं पूर्वमन्त्री खगराज अधिकारीले उद्घाटन गरे ।

मेलाको उद्घाटन गदै उनले विकास र समृद्धिका लागी राजनीतिक स्थायित्व आवश्यक रहेको र अव बाम गठबन्धनको सरकारले देशमा राजनीतिक स्थायित्व सहित समृद्धि र विकासलाई अगाडी बढाउने बताए । कार्यक्रममा पद्रेश सांसद मनबहादुर गुरुङ, दिपक कोइराला, राजमी बराल(जीवन), युनाइटेड क्लबका पूर्व अध्यक्ष हिमालय बख्रेल लगायतले बोलेका थिए ।

शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि क्लबले पोखरामा नयाँ पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणमा पहलकदमी, सेती नदी संरक्षण र सौर्यबत्ती जडान केन्द्रित हुँदै क्लबले महोत्सवको आयोजना गरिएको आएको छ
आठांै संस्करणको पोखरा महोत्सवमा हात्ती सवारको व्यवस्था मिलाइएको छ । विभिन्न जाति, जनजातिका कला संस्कृति, औद्योगिक उत्पादन, हस्तकला सामान, सूचना प्रविधि, स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपभोग्य बस्तुको प्रदर्शनी मुख्य आकर्षक रहेको महोत्सवमा नृत्य, कृषि–अटोको गतिविधिले रौनकता थप्ने क्लबले जनाएको छ ।

महोत्सवमा कलाकार बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, पशुपती शर्मा, कोमल वली, राम्जी खाँड, राधिका हमाल, प्रिती आले, जुना श्रीष मगर, चौलेन्द्र पौडेल, ज्योति मगर, राजु गुरुङ, कृष्णा गुरुङ, मिलन लामासहित कलाकारहरुको कला प्रस्तुत रहने छ । २ सय ३५ वटा स्टल रहेको महोत्सवमा १ करोड १४ लाख आम्दानी र ७९ लाख खर्च अनुमान गरिएको महोत्सवमा सर्वसाधारणका लागि ८० र विद्यार्थीका लागि ५० रुपैयाँ दरको टिकट रहको आयोजकले जनाएको छ ।