पोखरा र चिनको नानिङ शहर बिच भगिनी सम्बन्ध


पोखरा – पोखरा र चिनको नानिङ शहर बिच भगिनी सम्बन्धमा सम्झौतामा सहमती भएको छ । पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी र नानिङ शहरका मेयर झोउ होङबो बिच बिहीबार चिनमा भगिनी सम्बन्धका बारेमा सम्झौता भएको हो । दुई मेयर बिच ३ बुदे समझरादी पत्रमा हस्ताक्षर गरे ।

सम्झौतामा दुई शहर बिच भगिनी सम्बन्ध कार्य गर्ने, चिनको नानिङले पोखरामा कृषि, पर्यटन, स्वास्थ्य र संस्कृतीक क्षेत्रमा लागनी र सहयोग गर्ने, दुई शहरको विकासका लागि बेला बेलामा दुबै पक्षबाट भेटघाट र भ्रमण गर्ने लगायतका सम्झौता भएको हो । नानिङ शहरका मेयर झोउ होङबोले आफुहरु पनि छिटै पोखराको भ्रमण गर्ने बताए ।

उनले पोखराका पर्यटनमा नानिङ शहरका जनताले पर्यटन प्रद्धर्बधन गर्न सहयोग गर्ने बताए । चीनको नानिंग शहरको निम्तो मान्न पोखराका पर्यटन ब्यवशायीहरु पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीको नेतृत्वमा पोखराका पर्यटन व्यवसायी चिन गएका थिए ।

पोखराको पर्यटनलाई प्रवद्र्धन गराउनुका साथै सन २०१८ मा चीनको नानिंग शहरको पर्यटकलाई पोखरामा भित्रयाउने उद्देश्य छ । पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले पर्यटकीय शहर पोखरा र चीनको नानिंग शहर बीचको सम्बन्धले पोखराको विकास र पर्यटनमा टेवा पुग्ने बताए ।

भ्रमण टोलीमा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसी, नेपाल पर्यटन वोर्ड पोखराका प्रशासकीय अधिकृत सूर्य थपलिया, रेष्टुरेण्ट एण्ड वार एशोसियसन रेवान पोखराका अध्यक्ष चौ बहादुर गुरुङ, पर्यटन ब्यवशायीहरु नरेश भट्टराइ, गोपी भट्टराइ, चिरन्जीवि पोख्रेले, रामु गौतम, भिमसेन भुजेल, बसन्त गौतम, बिष्णु बहादुर भट्टराइ, वलराम पहारी, होम बहादुर गुरुङ, कुल बहादुर आचार्य, शालिकराम पौडेल, सुजीत थापा, सुमन भट्टराइ र सञ्चारकर्मीहरु एमबी आस्था र सुमन शर्मा सहभागी रहेका छन् ।