डा. गोविन्द केसीको समर्थनमा देशभर प्रदर्शन


काठमाडौँ – डा. गोविन्द केसीको समर्थनमा देशभर प्रदर्शन भएको छ । अदालतको अबहेलना मुद्दामा सोमवार अनसनस्थलबाटै केसीलाई पक्राउ गरिएको बिरोधमा मंगलवार विहान काठमाडौं, पोखरा लगायत देशभर प्रदर्शन गरिएको हो ।

डा केसीको समर्थनमा पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीपनि सडकमा उत्रिएका छन् । काठमाडौंको माइतीघर मण्डलामा आयोजित बिरोध प्रदर्शन कार्यक्रममा राजनीतिक दलका नेता, पेसाकर्मी, कलाकार, विद्यार्थी तथा केसी समर्थक उपस्थित थिए ।

प्रदर्शनमा नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वस्वास्थ्यमन्त्री गगन थापा, विवेकशील साझा पार्टीका नेता रविन्द्र मिश्रलगायत उपस्थित थिए ।

पूर्वप्रधानमन्त्री भट्टराईले मंगलबार बिहान नै सिंहदरवार वृत्त पुगेर केसीलाई भेटेका थिए। ‘अदालतको अवहेलना’ मुद्दामा प्रहरीलाई पक्राउ गर्न फैसला गरेलगत्तै प्रहरीले केसीलाई पक्राउ गरी सिंहदरवार वृत्त पुर्‍याएको हो।

सर्वोच्च अदालतले चार वर्ष पुरानो मुद्दामा चिकित्साशास्त्र अध्ययन संस्थानबाट बर्खास्त गरिएका डिन डा। शशि शर्मालाई पुनर्बहाली गरेको भन्दै केसी सोमबार अपरान्ह ४ बजेदेखि अनसन बसेका थिए।

केसी प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै अनशन बसेलगत्तै अदालतमा मुद्दा दायर भएको थियो। उनलाई मंगलवार विहानै ९ बजे सर्बोच्च अदालतमा उपस्थित गराइएको थियो।