सेन्ट्रल गार्डेनद्वारा लायन्स शिक्षा कोषमा एक लाख सहयोग


पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनले पढाऔं अभियानका लागि एक लाख रुपैया सहयोग हस्तान्तरण गरेको छ ।

क्लबका अध्यक्ष हरिबहादुर भाट, क्लबका पढाऔं अभियान कार्यक्रम संयोजक प्रमोद रानाभाट र सुब्बा घिमिरेले संयुक्त रुपमा डिस्ट्रिक्ट गभर्नर एमजेएफ धनराज आचार्यलाई एक लाखको चेक हस्तान्तरण गरेका हुन् । क्लबले आयोजना गरेको डिजी टु क्लब भिजिट र दोस्रो चाटर्र नाइट समारोहका बीच उक्त चेक हस्तान्तरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर एमजेएफ धनराज आचार्यले ४६ वर्ष अगाडिदेखि लायन्सले चलाएका रक्तदान जीवनदान, धु्रमपान लिन्छ ज्यान जस्ता अभियान सर्वाधिक लोकप्रिय र प्रभावकारी भए तापनिसोही समयदेखिको वन टिच वन पढाऔं अभियानलाई अहिले प्रभावकारी तवरले अगाडि बढाएको बताए । अतिथि आचार्यले थपे, ‘केही जनसंख्याले राम्रो विद्यालय पढ्न पाएनन् भने त्यसको दुई गुणा एसएलसीसम्मको अध्ययन गर्न पाएका छैनन् ।’ उनले भने–‘राम्रो कामको शुरुवात आफँैबाट भनेर १० लाखको अक्षयकोष आफ्नै परिवारबाट लायन्स शिक्षा कोषमा जम्मा गरेर शुरु गरेका हौ’ ।

कार्यक्रममा को–चिफ एडभाइजर एमजेएफ विशेश्वर आचार्य, एओजी किशोर बराल, रिजन चियर पर्सन एमजेएफ पृथ्वीराज शर्मा तिमिल्सिनालगायतले बोलेका थिए ।

सोही समारोह बीच क्लबले विभिन्न कार्यक्रममा संयोजक भएर काम गर्ने पदाधिकारीहरु कृष्णबहादुर रानाभाट, आनन्द पौडेल, हरिप्रसाद रेग्मी, सुजित बिजुक्छे, तर्कबहादुर गुरुङ, राजु बराल, लालबहादुर रानाभाट, तुलबहादुर रानाभाट, प्रमोद रानाभाट, मिना रानाभाट, सुनिल सुवेदी, सुब्बा घिमिरेलगायतलाई सम्मान समेत गरेको छ ।