म्याग्देको पार्वती प्राविको १५ औं बार्षिकोत्सब


दमौली । तनहुँ जिल्लाको म्याग्दे गाउँ पालिका वडा नं. ४ मा रहेको पार्वती प्राथमिक बिद्यालयले १५ औं बार्षिकोत्सब तथा अभिभावक दिवस बिहीबार विविध कार्यक्रम गरि मनाएको छ ।

कार्यक्रमको म्याग्दे गाउँपालिकाका प्रमुख मायादेवी रानाले बिद्यालयले दिन प्रतिदिन प्रगति गरिरहेको बताउँदै बिद्यार्थीहरुलाइ पढाईको साथै अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट बनाउनेतर्फ सोच्नुपर्ने बताइन् ।

उनले बिद्यालयको स्तर वृद्धि गर्नुपर्ने, प्राबिधिक शिक्षा दिनुपर्ने साथै म्याग्दे गाउँ पालिकामा क्याम्पस, भेटनरी शिक्षा र हस्पिटलको आबश्यकता रहेको बताइन् ।

कार्यक्रममा स्रोत ब्यक्ति हुत्तमणी अधिकारी, विद्यार्थी मन्दिप मल्ल कक्षा ५, प्रधानाध्यापक सागर आचार्य, म्याग्दे गाउँ पालिका शिक्षा प्रमुख बिजय बडु, गाउँ पालिका उप प्रमुख बालकृष्ण घिमिरे, अभिभावक बुद्धि माया मल्ल, संस्थापक अध्यक्ष इन्द्र मान श्रेष्ठ लगाएतले बोलेका थिए ।

सो अबसरमा एशिया मानव अधिकार तथा साँस्कृतिक बिकास मञ्च (एशियन फोरम ) को कास्की जिल्ला तथा पश्चिमाञ्चल क्षेत्रीय समितिको तर्फबाट क्षेत्रीय अध्यक्ष लक्षमण बानियाँ, सचीव कृष्ण रानाभाट र कास्की जिल्ला अध्यक्ष तिलक थापाले संयुक्त रूपमा १० हजार नगद बिद्यालयका अध्यक्ष चन्द्रकुमार मल्ललाई हस्तान्तरण गरेका थिए ।

गरीब तथा जेहेन्दार विद्यार्थीहरुको पठनपाठन मा सहयोग पुग्ने हेतुले एशियन फोरमले सहयोग गरेको कास्की जिल्ला अध्यक्ष तिलक थापाले बताए ।

सो अबसरमा अक्षयकोष दाता तथा आर्थिक सहयोग हरुलाइ प्रमाणपत्र, उत्कृष्ट बिद्यार्थी लाई पुरस्कार, गरीब तथा जेहेन्दार बिद्यार्थी लाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

बिद्यालयका अध्यक्ष चन्द्र कुमार मल्लको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक संगीता श्रेष्ठले, स्वागत शिक्षक सबिना अधिकारीले गरेका थिए ।