कर्म फ्लाइटस् फाउण्डेशनको अध्यक्षमा कँुवर


पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ६ मा रहेको कर्म फ्ल्याईट्स फाउण्डेशन नेपालको तेश्रो साधारण सभा तथा प्रथम अधिवेसनले प्रेमबहादुर कुँवरको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

आगामी २ वर्षको लागी चयन गरिएको संस्थाको उपाध्यक्षमा भुपालसिं गुरुङ, सचिवमा लक्ष्मण बहादुर थापा, कोषाध्यक्षमा रेनुका कार्की रा सदस्यहरु शर्मिला शर्मा, लालमाया कुँवर, अप्सरा के.सी. रहेका छन् । त्यस्तै संस्थाको सल्लाहकारमा शिव थापा र निर्वान मोतmानलाई मनोनयन गरेको छ ।

सन् २०११ साल देखि प्यारालाइडिङ समुदायको तर्फबाट मानविय तथा शैक्षिक सेवा पु¥याउनको लागी मातृ संस्था क्लाउडवेस फाउन्डेशन, युएसको छातामुनि काम गदै आएको संस्थाका सचिव लक्ष्मण बहादुर थापाले बताए ।

एफ एन विएस संस्थाका संस्थापक शिवलाल धिताल र सिओडका आदित्य चन्दले संयुतm रुपमा स्वर्गिय नरबहादुर वोगटीकी धर्मपत्नी हिरा वोगटीलाई छोरी शिला वोगटीको पढाईमा सहयोगार्थ छात्रवृत्ति रकम प्रदान गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

पार्टनर संस्था एजुकेशन फर लाइफ नर्वेकी संयोजक मीना कार्कीले कर्मफ्लाईटस्सँग एक विद्यालय एक पुस्ताकालय परियोजनामा १४ वटा पुस्तकालय निर्माण गर्न पाउँदा खुशी भएको बताउँदै भविष्यमा पनि महिला शशक्तीकरण र स्वास्थ्य तथा पुस्तकालयको क्षेत्रमा आफनो संस्था सहकार्य गर्न इच्छुक भएको बताए ।

जसमा कर्मफ्लाइटस् संस्थाले गोरखा जिल्ला जि.शि.का. गोरखाको संयोजनमा दुई वटा पक्की एउटा विद्यालयमा कम्प्युटर ल्याप भवन निर्माण साथै सोलार सिस्टमबाटै चल्ने सुविधासम्पन्न आईसिटी कम्प्युटर ल्याव, एउटा विद्यालयमा माइक्रो हाइड्रोबाट चल्ने विद्यालयहरुमा दिवा खाजा, छात्रवृत्ति तथा कम्प्युटर सहयोग कार्यमा गरिएको र आगामी कार्यक्रमको निरन्तरताको शिक्षकलाई तालिम साथसाथै एक आइसिटी ल्याव, ३ वटा पुस्तकालय, जिविकोपार्जनको लागि बाख्रापालन कार्यक्रम, विपद् व्यवस्थापन कार्यक्रम, एक दुर्गम जिल्लामा एक स्वास्थ्य चौकी, जाडोमा न्यानो लुगा कार्यक्रम गरिने कुराको जानकारी दिए ।

कार्यक्रमको शिवलाल धितालले विपद् परेका मानिसहरु र वालवालिकाको शिक्षामा कर्मफ्लाइटस् फाउन्डेशनले छोटो समयमै चौतर्फी रुपमा सहयोग पु¥याउन सकेकोमा धन्यवाद ज्ञापन गदै वास्तविक पिडितका चराइरहेको घाउमा मलम पट्टी लगाउन पर्र्नेे बताए ।

संस्थाका अध्यक्ष प्रेमबहादुर कुँवरले गत आ.व.को वार्षिक प्रगति विवरण र आगामी वर्षका कार्यक्रमको वारेका प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका उपध्यक्ष भूपालसिहं गुरुङको स्वागत मन्तव्य, संस्थाका लेखापाल चन्द पाठक र कोषाध्यक्ष रेनुका कार्कीले संस्थाको वार्षिक लेखापरिक्षण प्रतिवेदन तथा आम्दानी खर्चको विवरण प्रतुस्त गरेका थिए ।