कांग्रेस नेतासंग अध्यादेशबारे शीतल निवासमा एक घण्टा छलफल


काठमाण्डौ –  सर्वदलीय बैठकलवे कुने निष्कर्ष निकाल्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीीले प्रधानमन्त्री देउवासहित कांग्रेस नेताहरुसंग अध्यादेशबारे शीतल निवासमा करिब एक घण्टा छलफल गरेकी थिईन् ।

उनले पार्टी र सरकारसमेतको प्रतिनिधित्व हुने गरी नेताहरुलाई शीतल निवासमा बोलाएकी थिईन् ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको साथमा रामचन्द्र पौडेल, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र कानुनमन्त्री यज्ञबहादुर थापा थिए ।

छलफलको क्रममा देउवाले निकासको गाँठो राष्ट्रपतिले फुकाउनुपर्ने बताएका थिए भने राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुबीच सहमति जुट्नुपर्ने पहिलेकै सुझाव दोहोर्‍याएको खबर आजको कान्तिपुर दैनिकमा छ ।