रुपा गाँउपालिका नमुना बनाउने सांसद दीपक कोइरालाको प्रतिबद्धता


पोखरा – कास्की क्षेत्र नं १ प्रंदेश सभा १ का नबनिर्बाचित सांसद दीपक कोइराला (रुपक)ले शिक्षा, स्वास्थ्य र रोजगारीको लागि रुपा गाँउपालिका नमुना बनाउने बताउनु भएको छ ।

कोइरालाले विश्व शान्ति माध्यामिक विद्यालय देउरालीको ५२औं बार्षिकउत्सव एवं अभिभावक दिवसको उद्घाटन गर्दे सो कुरा बताउनु भएको हो । कोइरालाले शिक्षाको पुर्ण अधिकार गाँउपालिकामा आएकोले वेरोजगार उत्पादन गर्ने शिक्षा भन्दा रोजगारमुलक प्राविधिक शिक्षा तर्फ जोड दिनुपर्ने बताउनु भयो ।
रुपागाँउ पालिकाका अध्यक्ष नबराज ओझाले सामुदायिक विद्यालयले राम्रो नतिजा दिन नसकेको बताउदै शिक्षकहरु कोही विमाको एजेन्ट कोही जग्गा दलालि गरेर हिड्ने गरेको बताउनु भयो ।
सामुदायिक विद्यालयमा शिक्षकले राम्रो संग नपढाएकै कारण रिजल्ट राम्रो नआउने गरेको बताउनु भयो । ओझाले अब रुपा गाउँपालिकाका सवै विद्यालयमा इलेक्टी« हाजिर जडान गर्ने पनि बताउनु भयो । विद्यालय शिक्षकको आरम गर्ने ठाँउ जस्तो बनेकोभन्दै उहाँले अब गाउँपालिकाले अनुगमन शुरु गर्ने जनाउ दिनु भयो । विद्यालयमा राम्रो गर्ने शिक्षकहरु लाई गाउँपालिकाले प्रोत्साहन पनि गर्ने ओझाको भनाईछ ।
विद्यालयले आफूले अध्यापन गराउने विषयमा सत प्रतिसत विद्यार्थी उर्तिण गराउन सफल शिक्षकहरु लाई सम्मान समेत गरेको छ ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यलयका स्रोत ब्यक्ति पुर्व प्रधानध्यापक महेन्द्र कुमार श्रेष्ठ , प्रधानध्यापक बसन्त पहारी ,विद्यालय ब्यबस्कथापन समितिका अध्यक्ष दामोदर घिमिरे,अक्षयकोषदाता मंगली सुनार बास्तोला, विद्यार्थी जमुना घिमिरे लगायत बोल्नु भएको थियो ।
यसै विच रुपा गाउँपालिका वडान१ जटेश्वर माध्यामिका विद्यालय बाह््रपिर्केको ४७औं बार्षिकउत्सव एवं अभिभाव दिवसको पनि कास्की क्षेत्रनं १ प्रंदेश सभा १का नबनिर्बाचित सांसद दीपक कोइराला (रुपक)ले उद्घाटन गर्नुभयो ।

कोइरालले अब साना मसिना कुरामा कसैले पनि राजनीति गर्नुनपर्ने बताउनु भयो । आफु चुनाव सम्म कुनै पार्टीको उम्मेदवार भए पनि चुनाव पछि सवै जनताको सांसद भएको बताउदै विद्यालयमा कसैले पनि राजनैतिक गर्न नहुनेमा जोड दिनुभयो । शिक्षा स्वास्थ्य र रोजगारीको लागि शहर पसेकाहरु लाई गाउँ फर्कने बातावरण बनाएर छाड्ने कोइरालले बताउनुभयो । कार्यक्रममा पुर्व प्रधानध्यापक बैन बहादुर गोदार ,नेकपा एमालेका क्षेत्रीय सदस्य तिलक खड्का,नेपाली काग्रेसका अर्जुन बहादुर बिक, रुपा गाउँपालिकाका वडान१का वडा सदस्य राम बहादुर गोदार लगाययले आ आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रममा विद्यालयमा योगदान पु¥याउनेहरु लाई सम्मान समेत गरिएको थियो ।