पोखरामा भेन्ट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता हुने


पोखरा –  कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा भेन्ट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता हुने भएको छ । पुस १० देखि १५ औं माछापुच्छ्रे बैंक ओपन भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ । प्रतियोगितालाई यसवर्षदेखि माछापुच्छे्र बैंकले मुख्य प्रायोजन समेत गर्ने भएको छ । ‘हाम्रो बैंकपनि पोखराकै र पोखरामै हुने टेनिसको राष्ट्रिय प्रतियोगिता भनेर हामीले मुख्य प्रायोजन गरेका हौं’–बैंकका अध्यक्ष रोशन केसीले भन्नुभयो । यसअघि बैंकले खेलकुदका स–साना प्रतियोगिताहरुमा सानो लगानी मात्रै गरेपनि ठूलो लगानी गरेको यो नै पहिलो भएको केसीले भन्नुभयो ।

पोखरा रंगशालामा पाँच दिन सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा ३५, ४५, ५५ र ६५ वर्ष माथि पुरुषतर्फ एकल तथा डबल्समा प्रतिस्र्धा हुने आयोजकले जानकारी दिएको छ । ३५ वर्ष माथिको एकलतर्फको विजेताले नगद ५० हजार तथा उपविजेताले नगद २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरि सोहि उमेर समुहमा डबल्सतर्फको विजेताले नगद १५ हजार तथा उपविजेताले नगद ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

४५ वर्ष माथिको एकलतर्फको विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने डबल्सतर्फको विजेताले १५ हजार र उपविजेताले नगद ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।५५ वर्ष माथिको एकलतर्फको विजेतले नगद २० हजार तथा उपविजेताले नगद १० हजार, डबल्सतर्फ विजेताले नगद १५ हजार उपविजेताले नगद ७ हजार, ६५ वर्ष माथिको एकल विजेताले नगद २० हजार तथा उपविजेताले १० हजार तथा डबल्सतर्फ विजेताले १५ हजार र उपविजेताले ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने संघ कास्कीका सचिव लोक गुरुङ्गले जानकारी दिनुभयो ।