सिर्सेकोट देउराली स्कुललाई सहयोग


पोखरा । वालिङ नगरपालिका वडा नं.–१२, सिर्सेकोट, कोखेमा रहेको सिर्सेकोट देउराली आधारभूत बिद्यालयलाई ताईवान र सिङ्गापुरमा रहेको संस्थाले भवनको लागि निर्माण सामाग्री सहयोग गरेको छ ।

वान हुवा जेन्सिन एजुकेशन फाउण्डेसन ताईवान र हुई ग्वाङ्ग मोरल स्टडी सेन्टर सिंगापुरका नेपाल प्रतिनिधि यामबहादुर गुरुङको पहलमा सो सहयोग आएको विद्यालयकी प्रधानाध्यापक गौमती गुरुङले वताईन्।

आफु महोत्सवमा आएको वेला विद्यालयको अवस्था नाजुक देखेको र आफु आवद्ध संस्थालाई सक्ने सहयोग गर्न आग्रह गरेको यामबहादुर गुरुङले वताउदै उक्त संस्थाले भुकम्प पछि विभिन्न जिल्लाका विद्यालयलाई सम्बन्धित जिल्ला शिक्षा कार्यालयको मातहतमा सहयोग गर्दै आएको वताए ।

‘केहि महिना पहिला सिर्सेकोट, कोखे गाउँमा आयोजना गरिएको स्वर्ण महोत्सवमा यामबहादुर गुरुङ आउनु भएको थियो । त्यसवेला उहाँलाई विद्यालयको अवस्थाको वारेमा अवगत गराईएको र उहाँले आफ्ना गुरुलाई वताए पछि विद्यालयको निरिक्षण गर्न सिङ्गापुरबाट गुरु आउनु भयो । गुरुले पनि नेपाल सरकारले केहि सहयोग गर्छ भने आफ्नो संस्थाले पनि सहयोग गर्न तयार भएको वताउनु भयो । अहिलेसम्म तिन लाख सहयोग आई सकेको,’ प्रअ गुरुङले वताईन् ।

त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भबिराज गुरुङले आर्थिक अवस्था कमजोर भएको स्कुललाई निर्माण सामग्री सहयोग गरेर विद्यालयलाई ठुलो गुन लगाएको र आत्म विश्वास वढेको वताए ।

शिद्धार्थ राजमार्गमा पर्ने वायाँटारीबाट १३ किमि टाढा रहेको तत्कालिन सिर्सेकोट गाउँ बिकास समिति वडा नं. ५ मा वि.सं. २०२० सालमा स्थापना भएको स्कुल विभिन्न संघसंस्थाको सहयोगमा चलेको अध्यक्ष गुरुङले वताए । साथै विद्यालयले केहि समय पहिला स्कुलको स्वर्णमहोत्सवको अवसर पारेर केहि रकम वचत गरि विद्यालयको पक्कि दुई कोठा वनाएको र विद्यालयमा पुस्तकालय स्थापना गर्नको लागि किताब लगाएतका सामग्री पहार ट्रष्ट नेपालले सहयोग गरेको उनले वताए ।

हाल कक्षा शिशु देखि कक्षा ८ सम्म विद्यार्थी १०५ जनालाई दरबन्दीका ४, बालबिकास शिक्षक १ र ६ जना निजि गरी ११ जना शिक्षकले अध्यापन गराई रहेका छन् ।

आफ्नै निजि श्रोतमा ६ जना शिक्षिकाहरु रहेको र सबै शिक्षिकाहरुले चलाएको तथा अंग्रेजी माध्यममा पढाई हुने उक्त विद्यालयमा काउले, कोखे, भण्डारी गाउँ, ढोके डाँडा, घुन्पाती, लम्फर्लकबाट विद्यार्थी पढ्न आउने विद्यालयकी प्रधानाध्यापकले वताईन्।