संवैधानिक राजसंस्था र हिन्दु राष्ट्र अपरिहार्य : कमल थापा


पोखरा – राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष तथा नेपाल सरकारका उपप्रधान तथा उर्जा मन्त्री कमल थापाले संवैधानिक राजसंस्था र हिन्दु राष्ट्र अपरिहार्य रहेको बताउनुभएको छ । राप्रपा कास्कीले आइतबार पोखरामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै अध्यक्ष थापाले विचौलियाहरुले आफ्नो एजेण्डा विर्सिएको भन्दै जुन जनमानसमा फैलाइएको भ्रम छ त्यो भ्रम फैलाइएको प्रति आपत्ति प्रकट गर्दै देश विदेशी शक्ति लागे पनि हाम्रो आफ्नो एजेण्डा सनातन कुल धर्मको रक्षार्थ सनातन हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था राप्रपाको जीवन मुलमन्त्र भएको बताउँदै कार्यकर्तालाई विचलित नहुन आग्रह गर्नुभयो ।

एउटा चुनावमा ठेस लाग्दा दुनियाँ राष्ट्र हामीप्रति जाइलाग्दा हाम्रो एजेण्डा स्थापित नगर्न लागिएका ठूला नेता तथा कार्यकर्ता भनाउँदाहरुलाई आफ्नो एजेण्डाप्रति पार्टी र सम्पूर्ण पार्टी शक्ति एकबद्ध भएको बताउनुभयो । जस्तोसुकै कठिन परिस्थितिमा कार्यकर्ता विचलित नभई वैचारिक एजेण्डाबारे जनता समक्ष धारणा पु¥याई आफ्ना एजेण्डा स्थापित गर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । भेलामा कार्यवाहक अध्यक्ष जगत प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न भेलामा स्वागत मन्तव्य जिल्ला अध्यक्ष जयलाल पुनले गर्नुभएको थियो भने संचालन सचिव हरिप्रसाद बरालले गर्नुभएको थियो । राप्रपा कास्कीको नयाँबजार स्थित पार्टी कार्यालयमा सम्पन्न अगुवा कार्यकर्ता भेलामा जिल्लास्थित अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।