८१ औं हप्ताको अभियान रामघाट किनारमा सम्पन्न


पोखरा – पोखरा बृहत सरसफाई अभियान अन्र्तगत शनिबार पोखराको वडा नम्वर १० मा सरसफाई गरिएको छ । बहृत पोखरा सफाईको ८१ औं हप्ताको अभियान क्षेत्रीय अस्पतालसँगैको रामघाट किनारमा सम्पन्न भएको गरिएको हो । सो क्षेत्रबाट झण्डै १० टन प्लाष्टिकजन्य फोहरमैला संकलन गरिएको अभियानता अञ्जु क्षेत्रीले बताउनुभयो ।

सरसफाई अभियानको पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले उद्घाटन गर्नुभएको थियो । उहाँले कार्यक्रमको सुरुवात गदै पोखरालाई सफा बनाउन सवैको सहयोग र साथ आवश्यक रहेको बताउनुभयो । पोखरालाई क्लिन र ग्रिन सिटीका रुपमा विकास गर्ने योजना महानगरपालिकाको भएको बताउदै त्यही अनुसार अगाडी बढेको बताउनुभयो । सरसफाई कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत क्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी, स्थानीय आमा समूह, स्थानीय विद्यालयका विद्यार्थीहरु, कर्मचारी र विभिन्न संघसस्थाका ब्यक्तिहरुको सहभागीता रहेको थियो. । ्

हप्तामा १ घण्टा राष्ट्रको लागि स्वयंसेवा भन्ने मुल नाराका साथ पोखरामा सफाई अभियान संचालन गरिएको हो । पर्यटकीय शहर पोखरालाई स्वच्छ र सफा राख्ने उद्देश्यले अभियान संचालन गरिएको संयोजक रामबहादुर पौडेलले बताउनुभयो । काठमाडौको बाग्मती सफाई अभियानका सिको गदै सुरु भएको पोखरा सफाई अभियानमा सवैले साथ दिएको संयोजक पौडेलको भनाई छ ।