सराङकोटको गुरु योजना अनुसार पूर्वाधार निर्माण गरिने


पोखरा – पोखराको पर्यटकीय क्षेत्र सराङकोटको गुरु योजना अनुसार पूर्वाधार निर्माण गरिने भएको छ । सराङकोटलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास गर्ने गरि २९ करोडको गुरु योजना अनुसार अगाडी बढेको बढेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

धार्मिक पर्यटनको रुपमा विकास गर्ने उद्देश्यले एक दशक अघि सुरु गरिएको विशाल शिव मन्दिरको पूर्णताका लागी १०८ शिवलिङग स्थापना, १०८ शहस्त्र धारा निर्माण सहित विभिन्न देवीदेवीको मन्दिर, विशाल बौद्ध मन्दिर निर्माण, नेपालकै विशाल घण्ट शिव मन्दिर स्थापना गर्ने, धार्मिक प्रवचनको साथै बहुउद्देश्यीय भवन निर्माण, ऐतिहासिक संग्रहाल, भ्यूटावर, बालउद्यान, पार्क फुटट्रयाक, हेलीप्याड, वनभोज स्थल आदिको निर्माण गर्ने गुरुयोजना निर्माण गरि अगाडी बढेको सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादु जिसीले बताए । उनका अनुसार एक सय रोपनी क्षेत्रमा फैलिएको सराङकोट क्षेत्रको विकासका लागी पोखरा लेखनाथ महानगरपालिकामा १३ करोडको पूर्वाधार योजना पेश भईसकेको बताए । उनका अनुसार बाँकी योजनाहरुलाई पुरा गराउन माघ तेश्रो सातादेखि श्रीमत्भागवत् ज्ञान महायज्ञ संचालन गरिने भएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार ५ करोड रुपैयाँ संकलन गर्ने उद्देश्य सहित माघ २२ देखि महायज्ञ गर्ने तयारी गरिएको अध्यक्ष जिसीले बताए । महायज्ञले धार्मिक पर्यटन क्षेत्रको निर्माण तथा प्रचार प्रसारमा मुख्य भुमिका खेल्ने शाख र विश्वास गरिएको आयोजकको भनाई छ । एक दशअघि सुरु गरिएको नेपालकै अग्लो शिव मन्दिर निर्माण कार्य आर्थिक अभावका कारण अलपत्र परेको थियो । २०६१ सालमा सुरु गरिएको मन्दिर निर्माणका लागी हालसम्म ९७ लाख भन्दा बढि खर्च भएको छ । पत्रकार सम्मेलनमा पोखराल महानगरपालिकाका मेयर मानबहादुर जिसी, वडा नम्वर १८ का अध्यक्ष रणबहादुर थापा, समितिका संस्थापक अध्यक्ष लोकबहादुर थापा, पुर्व अध्यक्ष झपटबहादुर थापा, अन्नपूर्ण केबलकारका तर्फबाट तिर्थराज त्रिपापठी लगायतले बोलेका थिए भने संचालन कृष्ण थापाले गरेका थिए ।