रुपाताल संरक्षणका लागि डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार


पाेखरा – मानवीय र प्राकृतिक चपेटामा परेको रुपाताल संरक्षणका लागि एकीकृत रुपाताल संरक्षण विकास परियोजना शुरु भए संगै डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार पारेको छ ।

रूपाताल संरक्षण एकीकृत विकास परियोजना कार्यालय प्रमुख रामप्रसाद अर्यालले उक्त डिपिआरमा तयारमा १ सय ५० स्थानमा सामान्य गल्ती भएको बताए । उनले यस्ता गल्तीले योजनामा असर नपार्ने भन्दै केही दिनमा नै देखिने गरि काम शुरु हुने बताए । उनका अनुसार अबको केही दिन भित्रै तालको वरपर संरक्षण गर्ने क्षेत्रफल छुट्टयाउनको लागि कर्मचारीहरु खटिने छन् ।

योजना अनुसार काम गर्नको लागि कार्यालयमा प्रविधिक ल्याएर केही दिनमा प्रत्यक्ष देखिने गरेर काम शुरु गर्ने बताए । पोखरा लेखनाथ महानगरपालिका र रुपा गाउँपालिकामा पर्ने तालमा अहिले मुआब्जा दिने जग्गा मात्र छुट्टयाइने र यसले अधिग्रहण हुने जग्गा कसको कति पर्ने भन्ने जग्गा धनीलाई जानकारी दिने बताए । अर्यालले भने,‘तालभित्र कति जग्गा पर्छ केही दिनमै सबैलाई थाहा हुन्छ ।’ उनले तालको ठाउँ ठाउँमा गहिराइ नाप्ने र संरक्षण योजना भित्र पर्ने जग्गा छुट्टयाउने लगायको काम हुने बताएका छन् ।

परियोजना अनुसार तालको मुख्य मुहान तालवेसीबाट आउने पानीलाई ३ ठाउँमा पोखरी बनाएर जम्मा गरिनेछ जसले गर्दा मुहानबाट खोलाले बगाएर ल्याएको ढुंगा मुढा, बालुवा तालमा पुग्ने छैन । यसले गर्दा ताल पुरीने सम्भावना घटने छ । यो कामको लागि १० करोड बजेट छुट्टयाइएको अर्यालले बताए । सम्पूर्ण योजनाको लागि १ अर्ब छुट्टयाइएको छ । केही समयमा अन्य कामको लागि टेन्डर निकालिेअर्यालले जानकारी दिए ।

उनले बहुवर्ष योजनाभएकाले अहिले पहिलो चरणको काम भएको बताए । कार्यालय उपप्रमुख ढाकाराम आचार्यले तालको मुआब्जा भित्र पर्ने केही जग्गा छुटेको र केही मुआब्जा भन्दा बाहिरको जग्गा परेको कारण मुआब्जा दिने जग्गामा केही घटबढ भएर आउने छ । सिस्टेनीघाट–सुवेदीटुँडामा ६ सय मिटर लम्बाइ, जग्मा १२ मिटर चौडाइ, ६ मिटर अग्लो र पानीको सतहभन्दा ४ मिटर माथिसम्म बाँध निर्माण हुनेछ । यसले अहिलेको भन्दा पानीको सतह ४ मिटर बढ्नेछ ।

तालको मुख्य स्रोत तालवेसी खोलाबाट बर्खामा बगाएर ल्याउने माटो तथामुडा तालको मुहान क्षेत्रबाटा ताल पुरिँदै गएको छ । वर्षनी ६ रोपनीका दरले ताल पुरिँदै गएको छ । अहिले तालको औसत गहिराई ४ मिटर रहेको छ । योजना संरक्षण गरेपछि तालको गहिराइ ९ मिटरको हुनेछ । २०३२ सालकोको नापीमा १ सय ३६हेक्टर क्षेत्रफलमा फैलिएको रूपाताल अहिले १ सय ७ हेक्टरमा खुम्चिएको छ । बाँध बनेपछि १ सय ७४ दशमलव ४ हेक्टरमा फैलिनेछ । २०६४ मा केन्द्रीय नापी टोलीको तथ्यांकअनुसार रूपातालको ८ सय रोपनी क्षेत्रफल अतिक्रमणमा परेको छ ।