फोटो तथा भिडियोग्राफी कार्यशाला गोष्ठी सम्पन्न


पोखरा । नेपाल पर्यटन वोर्ड पोखराको आयोजनामा तिन दिने फोटो तथा भिडियो ग्राफी सम्बन्धि कार्यशाला गोष्ठी आईतबार सम्पन्न भयो ।

पर्यटन व्यवसायसंग सम्बन्धित सहभागीता रहेको गोष्ठीमा फोटो ग्राफी प्रशिक्षक राजन काफ्ले र फिल्म निर्देशक, मण्डला थिएटरका राजन खतिवडाले प्रशिक्षण दिएका थिए ।

गोष्ठीमा खतिवडाले कुनै पनि फोटो तथा भिडियोमा कथा हुने भएकोले फोटो तथा भिडियो खिच्दा आफ्नो दिमागमा कथा बुन्न जान्नु पर्ने र आफुलाई जे चाहिएको हो त्यहिमात्र खिच्नु पर्ने वताए ।

त्यस्तै काफ्लेले फोटो तथा भिडियोका प्राबिधिक पक्ष बारेमा सहभागीलाई प्रशिक्षण दिएका थिए । उनले छोटो समयमा धेरै सिक्न नसके पनि तिन दिनको तालिम पश्चात फोटो तथा भिडियोमा कति समय दिने र अनावश्यक वस्तुलाई फोटोमा आउनै नदिने बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यशाला गोष्ठीमा फोटो तथा भिडियोको माध्यमबाट पर्यटनको विकासमा महत्वपुर्ण विकास पुग्ने विश्वासका गरिएको छ । सहभागीले पर्यटन प्रबद्र्धन गर्न फोटो तथा भिडियोको प्रयोग गर्ने भएतापनि सहि ज्ञानको अभावमा भन्न खोजेको, देखाउन खोजेको कुराहरु समेट्न नसकिएको परिप्रेक्ष्यमा तालिम प्रदान गरिएको वोर्डका प्रबन्धक सुर्य थपलियाले वताए ।

तालिममा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) प्रदेश नं. ४ का अध्यक्ष रविन्द्रराज पौडेल, संस्थापक अध्यक्ष तारानाथ पहारी, टानका अध्यक्ष दिपक अधिकारी, नेपाल पर्वतारोहण संघ अन्नपुर्ण च्याप्टरका निर्वतमान अध्यक्ष जिवन सापकोटा, वन्दिपुर सामुदायिक होम स्टे, कालाबाङ घरेडि होम स्टे, दरबारथोक एड्भरटाईजिङ एजेन्सी लगाएतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

नेपाल पर्वतारोहण संघ, भिटोफ र टान संस्थाको संयोजनमा भएको उक्त गोष्ठिमा सहभागी ३५ जनालाई आइतबार एक कार्यक्रमको आयोजना गरि सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।