नेताले बारम्बार जिते,याे चुनाव जनताले जित्न सकुन् !


-पुष्पराज बराल

यहि मङ्सिर १० गते पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकाे थियो । दोस्रो चरणमा ४५ जिल्लामा भने मंसिर २१ गते हुँदैछ । चुनावको माहोल तातिरहेको छ, चौतारो, चिया पसल, भट्टी देखि तारे होटेलमा नेता र पार्टी विषयले व्यापक ठाउ पाएको छ।

आखिर यति धेरै महत्त्व किन दिन पर्यो! पुरानै नेताको पुनाराबोलकन र इमानदार नेताको अबमुल्यानकन यसपालिको टीकट बितरणमा पनि भएकैछ, यताका एकहुल उता गएर राता टीका धसेकै छन फेरि उताका आएर यतापनी धसेकै छन। संस्थापन पक्ष र बिद्रोही पक्ष भनेर सबै पार्टीमा टयाग लागेकैछ। कति सोचेजति नपाएर मुरमुरिएका छन,कति वरिष्ठ भएर कनिष्ठको कुरालाइ सिरोपर गर्ने बाध्य भएका छन किनकि यो देशमा पाउ मोल्ने र गुलामी गर्नेकै राज चलेकै छ।

आखिर यो कहिले सम्म हुन्छ? हो जब सम्म आफ्नो र देश को स्वाभिमान थाहा नपाउनेहरु राज्यसत्तामा पुगेर कुर्सीमा टसमस बसिरहने छन यसको पुनरावृत्ति भै रहने छ र देश रोइ रहने छ र हामी निरही आखाले हेरिरहनु पर्ने छ । यसो हुनुको कारण कुशल नेतृत्वको अभाव एकातिर रहेको छ भने अर्कोतिर उस्तै गल्ती पटकपटक दोहोर्याउने हामी मतदाताको कमजोरी छ । हाम्रालाई राम्रा सोच्ने बानी यथावत् छ ।

त्यसैले अब आफैंले आफैंलाई सोचेर देश विकासका लागि मतदान गर्ने बेला आएको छ । जो उम्मेदवार भएका छन्, तीमध्येबाटै राम्रा छानौं । अहिलेको समय स्वच्छ र निष्पक्ष निर्वाचनमार्फत आशा जगाउने समय हो । यसपटकको निर्वाचनलाई आधुनिक विकासको प्रस्थानविन्दु बनाउन असल आचरण र नेतृत्व कौशलता भएका व्यक्तिलाई निर्वाचित गर्ने संकल्प आवश्यक छ । राजनीति फगत कुरा मात्र होइन, यो त व्यवहार हो आचरण हो । समाजका सम्पूर्ण अर्थ राजनीतिका विषयमा राजनीतिसँग जोडिएको हुन्छ । असल राजनीतिक संस्कारबाट मात्र राजनीतिलाई जीवन व्यवहारसँग जोड्न सकिने हुँदा यसपटकको निर्वाचनमार्फत सापेक्षित रूपमा असल नेतृत्व चयन गरी समृद्धिको सुरुआत गरौं । तपाईंको एक मत नै समृद्धिको बाटो तय गर्ने माध्यम बन्न सकोस् ।

निर्वाचनमा कसैको करबल वा पैसामा बिकेर मतदान गर्ने अवस्था उत्पन्न भयो भने त्यसले प्राप्त अधिकार गुम्नेतर्फ उम्मेदवार र मतदाता सचेत हुनैपर्छ ।जनतामाफ परीक्षणको घडीमा रहेका राजनीतिक दलका उम्मेदवारले पनि वर्षौंको संक्रमणबाट गुज्रिएको मुलुकलाई समृद्धिको यात्रामा लैजान आआफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ। यसपटकको निर्वाचनलाई अवसरको रूपमा परिणत गर्दै देशलाई समृद्धिको दिशामा रूपान्तरण गर्नु अत्यावश्यक छ । समृद्धि एकै रातमा प्राप्त हुने कुरा होइन, तर सुरुआत नै नभई प्राप्ति गर्न पनि त सकिँदैन । त्यसैले आउँदै गरेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई व्यावहारिक रूपमै लोकतान्त्रिक संस्कारसहितको समृद्धि र विकासको ढोका खोल्ने अवसरमा परिणत गरौं ।

गाउकाे बाटाे उस्तै खानेपानी उस्तै सरकारि स्कुल उस्तै, स्वास्थ चाैकि उस्तै परिबर्तनकाे नाममा लुट, माैलिक अधिकार संविधानमा मात्रै सिमित नरहाेस्।यति बेला जनताले अाफ्नाे शक्ति पर्दशन गर्ने बेला अाएकाे छ।जनताले (ब्यालेट पेपर) मतपत्रको माध्यमबाट आफ्नो शक्ति प्रदर्शन गर्ने छन्। त्यसैले यस निर्वाचनलाई कुशल राजनीतिक नेतृत्व रोज्ने अवसरको रूपमा परिणत गरौं, जसले हामी र हाम्रो सन्ततिको लागिसमेत सही बाटो कोर्न सकून् ।नेताहरुले त पटक पटक जितेकै थिए तर यसपालि जनता अाफैले जितेकाे अाभाश हाेस्।

विकसित मुलुकका नेताको नीतिले नेपालजस्ता विकासशील देशलाई पनि हानि भएको हुन सक्छ, तर उनीहरूले आफ्नै देशको अहितमा काम गरेका हुँदैनन् । हाम्रोमा नेताहरूले गरेका गल्तीले गर्दा राष्ट्रघात भएको छ । अब फेरि पनि रक्षक नै भक्षक हुने खालका दल र नेतालाई हामीले अस्वीकार गर्नुपर्छ र त्यस्ता दल वा नेता रोज्नुपर्छ जसबाट कम्तिमा पनि देशको राष्ट्रियता र अखण्डताको मर्मविरुद्ध कुनै काम नहोस् ।

२०४८ सालको चुनावदेखि बर्तमान अबस्था सम्म आइपुग्दा देशले धेरै उतारचढाव बेहोर्नु परर्यो।बिकास निर्माण यातायात र सञ्चारले राम्रो फडको मार्ने सफल भएको कुरालाइ हामीले बिर्सनु हुदैन तर यति हुँदा हुँदै पनि माओवादीको जनयुद्धमा सत्रहजार जनताले ज्यान गुमाउनु परर्यो,लाखौं अंगभङ्ग हुनुपर्यो,हजारौं बेपत्ता र हजारौं हजार प्रबासिन बाध्य हुनुपर्यो।

जननेता मदन भनडारि देखि राजा बिरेन्द्र सम्मले अकालमा ज्यान गुमाउन पर्यो। धेरै असमान सन्धी गरेर रास्ट्रलाई घात गर्ने काम पनि भयो। कति राम्रो कति नराम्रो अनुभव बटुल्दै हामी यहाँ सम्म आइपुगेका छौ। सबैको एउटै उद्देश्य आर्थिक समृद्धि हुनुपर्छ । त्यसको लागि आवश्यक राजनीतिक सुधारका कार्यलाई अघि बढाउँदै लैजानुपर्छ । निर्वाचनले मात्र सही व्यक्ति चुनिन सक्छ, तर निर्वाचनले तुरुन्तै आर्थिक समृद्धि ल्याउने होइन । निर्वाचित व्यक्ति तथा पार्टी कसरी अघि बढ्छन्, त्यसका आधारमा देशको भावी नक्सा कोरिनेछ ।

देशले नाताबाद किर्पाबाद र राजनीतिक करणको नाङ्गो हस्तक्षप बेहोर्नु पर्यो।हामी चाहानछौ, संविधान मा उल्लेखित कानुनको पालना ठुला देखि साना सम्मलाइ समान हुनुपर्छ।हिमाल,पहाड र तराईको समस्या संविधानले सम्बोधन गर्ने सक्नुपर्छ। नब्बे प्रतिसतले अनुमोदन गरेको संविधान हो भनेर बिगुल फुक्नेकाम मात्रै गर्ने होइन आब्शयक ठाउमा परिमार्जन पनि गर्नुपर्ने हुन्छ।सधैं धेरै जनाको आवाजनै ठिक हुन्छ भन्ने भ्रमपाल्नु पनि हुदैन र अल्पसंख्य भनेर दबाउन पनि हुदैन। अन्त्यमा सहिलाइ गलत र गलतलाइ सहिहो भन्नेको पर्दाफास गर्ने माध्यमनै जनताको अभिमतनै हो।

संविधान निर्माण भई कार्यान्वयन हुँदैछ । जनताले रोजेका स्थानीय जनप्रतिनिधि छन् । जनताले रोजेको संघीय व्यवस्था छ । यस अवस्थामा हामीसँग कुनै पनि बहाना देखाएर पन्छिने विकल्प छैन । त्यसैले असल नेतृत्वको चयन र निरन्तर खबरदारीमार्फत शिक्षा, जनचेतना विकास र समृद्धिको बाटो अवलम्बन गर्नु छ ।