मधेसी समुदायको बहुसंख्या रहेको वीरगन्जमा सबै पार्टीको ध्यान


वीरगन्ज – मधेसी समुदायको बहुसंख्या रहेको वीरगन्जमा सबै पार्टीको ध्यान भने अल्पसंख्यक पहाडी मूललाई कसरी आफूतिर खिच्ने भन्नेमा छ । समुदायको भोट निर्णायक हुने देखिँदै छ वीरगन्ज महानगरपालिकाको आधाभन्दा बढी पर्ने पर्सा १ मा ।

पहिलो मधेस आन्दोलनपछि असुरक्षित महसुस गरिरहेको समुदायले पहाडीप्रति आक्रामक नदेखिएको उम्मेदवारलाई भोट दिन थालेका छन् ।

समुदायको भोट एकलौटी पार्न सके निर्णायक हुने ठानेर उम्मेदवारहरू मतदाता प्रभावित पार्न लागिपरेका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

वीरगन्ज महानगरपालिकामा सीमित क्षेत्र नम्बर १ मा करिब ७ हजार पहाडी मूलका मतदाता छन्, जुन मुस्लिमपछिको सबैभन्दा ठूलो समूह हो । यो क्षेत्रमा मुस्लिम मतदाताको संख्या २० हजार हाराहारीमा छ ।

कांग्रेसका अनिलकुमार रुँगटा, संघीय समाजवादी फोरमका प्रदीप यादव र वाम गठबन्धनका विचारी यादवबीच त्रिपक्षीय प्रतिस्पर्धाको अनुमान छ ।

यो क्षेत्रमा फोरम उम्मेदवारका प्रदीपले पहाडी मूलका मतदाताको भोट तान्ने सम्भावना कमै छ। त्यसैले कांग्रेस र एमाले उम्मेदवार पहाडी मूलका मतदाता तान्ने प्रयत्नमा छन्।