भागलगाएर खानआएकाले विकास गर्दैनन् : चालिसे र बराल


पोखरा -निर्मलपोखरीमाविहिबार नेपालीकाँग्रेसकाप्रतिनीधिसभाउम्मेदवार देवराजचालिसे र प्रदेशसभाउम्मेदवार गुरु बराल सँयुक्त रुपमाभोट माग्दै मतदाताहरुको पुगेका छन् । उनीहरुले साविकनिर्मलपोखरीमा पर्ने विभिन्न ६ वटा स्थानमा सँयुक्त रुपमाचुनावी सभाको आयोजनागर्दै सम्बृद्धि र विकासको लागि नेपालीकाँग्रेसलाई भोट हाल्नमतदाताहरुलाई आग्रह गरे ।

सम्बोधनको क्रममाप्रतिनीधिसभाउम्मेदवार देवराजचालिसेले नेपालीकाँग्रेस मात्रै लोकतान्त्रिक पद्दती मान्ने पार्टी भएकोले जनताले उसलाई नै भोट हालेर जिताउनुपर्ने बताए । ‘अहिलेको चुनावभनेको लोकतन्त्रबादी र अधिनायकबादीहरुबीचको जनमतसंग्रह जस्तै हो । त्यसैले स्वतन्त्रता, लोकतन्त्र र सम्बृद्धिको चाहनागर्ने सबैले यो पटक काँग्रेसलाई नै भोट हाल्नुपर्छ ।’चालिसेले भने–‘अन्यथा देश झन् बढि समस्यामाफँस्नेछ । र, एकतन्त्रियअधिनायकबादीशासनसत्ता देशमाचल्नेछ ।’

उनले संसारबाटै विलय भैसकेको शासन पद्दती नेपालका कम्यूनिष्टहरुले ल्याउनखोजेको बताउँदै त्यो सम्भवनभएको समेत बताए । साथै उनले हाल गठबन्धन गरिरहेकाभनिएकाबाम पार्टीहरु वास्तवमै ‘वाम’नभएको जिकिर गरे ।

त्यस्तै अर्का प्रभावशालीयुवा नेतातथाप्रदेशसभातर्फकाउम्मेदवार गुरु बरालले आफू जनताको सेवागर्न राजनीतिमाआएको बताउँदै सेवागर्ने मौकादिनमतदातामाझअपील गरे । उनले आफू निर्वाचितभएसँगै आफ्नो क्षेत्रको विकासको लागिपहलगर्ने र त्यसको लागिगुरुयोजनातयार पारिसकेको स्पष्ट पारे ।

युवाहरुको रोजगारीमा वृद्धिसँगै आफ्नो निर्वाचन क्षेत्र र प्रदेशकै सम्बृद्धिको लागिआफूले राजनीतिकहिसाबले कामगर्ने प्रतिबद्धता जनाउँदै उनले काँग्रेसको पक्षमाभोट हाल्नआह्वान गरे । काँग्रेसबाट मात्रै सम्बृद्धि सम्भवभएको उल्लेख गर्दै उनले अन्यप्रतिस्पर्धीहरुको झुठो आश्वासनमानलाग्नमतदातालाई आग्रह गरे । उनले गठबन्धनको नियत नै मिलेर अनिभागलगाएर खाने भएकोले उनीहरुले जनताको पक्षमाकामगर्न नसक्ने ठोकुवा समेत गरे ।

चालिसे र बरालविहिबार निर्मलपोखरीको ठुलिस्वाँरा, लामाखेत, बाँसपानी, शिवालय, फोक्सिङकोट, धुस्र्यानीलगाएतको स्थानमाचुनावी सभामा सहभागीभएकाथिए ।

चुनावको बेलामामात्रै साईनो जोड्नेलाई भोट नदिनुस् ः कृष्ण केसी

कास्कीनिर्वाचन क्षेत्र नम्बर १ अन्तरगतप्रदेश ख तर्फ उम्मेदवारी दिएकाकाँग्रेस उम्मेदवार कृष्ण केसी मादीगाउँपालिकाको सिल्दुजुरे पुगेका छन् । समानुपातिकउम्मेदवार रसकुमारी गुरुङसहितसिल्दुजुरे पुगेको केसीको टोलीथाक, तप्राङ र पानीघाटमा चुनावी सभामा सहभागीभएको थियो ।

चुनावी सभालाई सम्बोधनगर्दै प्रदेशसभाउम्मेदवार कृष्ण केसीले चुनावको बेलामामात्रै आफ्नो हुनआउनेहरुलाई विश्वास नगर्न मतदाताहरुसँग आग्रह गरे । ‘म यहाँको जनजीवनमा घुलेको छु र यहाँको माटोसँग म सँधै परिचित छु । म उम्मेदवार हुँदापनियहिँको थिएँ र भएपछि पनियहिँकै हुनेछु । यहि ठाऊँको विकासको लागिकामगर्नेछु ।’ केसीले भने–‘जनताले चुनावको बेलामामात्रै कुटुम्बेरी साईनो गाँस्नआउनेहरुलाई चिन्नुपर्छ । र, सँधै साथदिनेलाई चुन्नुपर्छ ।’

केसीले आफू हुर्किएको र जन्मिएको माटोलाई साक्षी राख्दै आफ्नो क्षेत्रको विकासको लागि जस्तोसुकै कदमपनिचाल्न पछि नपर्ने बताए । उनले काँग्रेसको पक्षमाभोट दिएर आफू र आफूसँगै उम्मेदवारी दिएकाकाँग्रेसकाअन्यउम्मेदवारलाई पनिजिताउनमतदाताहरुसमक्षआग्रह गरे ।

त्यस्तै समानुपातिकउम्मेदवार रसकुमारी गुरुङले जनतालाई झुक्याउने नियतले अन्यथुप्रै दलकामानिसहरु मतमाग्नआएको बताउँदै जनतालाई नझुक्किनआग्रहगरिन् । उनले विभिन्नकिसिमको सपना बाँडिरहेकाहरु भोलीको दिनमाआफू आफूमै भताभुङ्ग हुने निश्चित रहेको बताउँदै भर नभएकाहरुलाई भोट दिएर गल्तीगर्न नहुने सुझावदिईन् ।

चुनावी सभामाकाँग्रेसकाजिल्ला सदस्यनविनसिग्देल, नेपालीकाँग्रेस मादीगाउँपालिका सँयोजक देवीजंग गुरुङ, तरुण दलमादीगाउँपालिका सँयोजकविशाल गुरुङ, स्थानिय नेताहरु भीमकाजी गुरुङ, देव गुरुङ लगाएतले बोलेकाथिए ।

त्यस्तै प्रतिनीधिसभाउम्मेदवार यज्ञबहादुर थापा र प्रदेश क तर्फकाउम्मेदवार जीवन परियार पनि पार्टीको सेड्युलअनुसार आफ्नो क्षेत्रको प्रचारलाई तिव्रतादिईरहेका छन् । विभिन्न ठाऊँमा चुनावी सभा, घरदैलो गर्दै उनीहरुले नेपालीकाँग्रेसको पक्षमाभोट मागिरहेका छन् ।