मादीका अलैँचीमा अपरिचित किराको प्रकोप


पोखरा । मादी गाउँपालिका–८, पोसीका किसानले लगाएको अलैंची खेतीमा अपरिचित किराको प्रकोप बढेको छ ।

किसानको आय आर्जनको मुख्य स्रोत साथै कास्कीको अलैची पकेट मानिएको स्थानमा अपरिचित किराको प्रकोपसँगै किसानको आम्दानीमा पनि निकै गिरावट आएको छ ।

हालको संघियताको बाँडफाडसँगै उक्त प्रकोप नियन्त्रणको लागि विनियोजित बजेट पनि गाउँपालिकाले अन्यत्र खर्च गरेको साथै चुनावी माहोलसँगै बाली संरक्षण कार्यालयले उक्त प्रकोप तर्फ ध्यान दिन नपाएको किसानले गुनासो गरेका छन् ।

गुड नेवर्स इन्टरनेशलनको आर्थिक सहयोगमा नौलो घुम्ती नेपालद्धारा संचालित सामुदायिक विकास परियोजनाबाट आधुनिक अलैची भट्टी निर्माणको निरीक्षण गर्न आएका खेमराज लामिछानेले जीएनआईका तर्फबाट किरा पहिचान र नियन्त्रण सम्बन्धमा सक्दो सहायोग गर्ने प्रतिवद्धता गरेका थिए ।