स्पेनका नेपालीहरु फुटबलमा भिड्दै  


फाईल तस्बिर

बार्सिलोना/ फुटबलले रम्ने देश स्पेनमा रहेका नेपालीहरु पनि एक आपसमा भिड्ने भएका छन्। एनआरएनए स्पेनले आयोजना गर्ने “एनआरएन कप” फुटबल प्रतियोगितामा यहाँका नेपालीहरु भिड्ने भएका हुन्।हरेक बर्ष संघले आयोजना गर्दै आएको फुटबल प्रतियोगिता यस पटक आगामी डिसेम्बर १७ तारिख आईतबार बार्सिलोनामा आयोजना हुँदैछ।

एनआरएन कपको उपाधि जित्ने टिमलाई ४ सय १ युरो नगद तथा उपबिजेतालाई २ सय ५१ युरो नगद सहित ट्रफी र मेडल प्रदान गरिने आयोजकले जनाएको छ। टिम दर्ता शुल्क भने १ सय युरो रहेको छ। यस्तै प्रतियोगितामा राम्रो खेल प्रदर्शन गर्ने एक उत्कृष्ट खेलाडी पनि पुरस्कृत हुने छन्।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका सचिव दिनेश गिरीले डिसेम्बर १६ तारिख भित्र टिम दर्ता गरिसक्न स्पेन स्थित संघ संस्था तथा खेलाडी समुहहरुलाई अनुरोध गरेका छन्। उनले भने,”प्रतियोगितालाई लाई रोचक बनाउन बालबालिका तथा महिला टिम बिच पनि मैत्रीपूर्ण खेल खेलाउदै छौ भने एनआरएन कपमा सहभागी बन्ने टोलिलाई पनि समयमा नै टिम दर्ता गर्न अनुरोध गर्दछौ। “

एनआरएन कप फुटबलका लागि गैर आबासीय नेपाली संघका अभियन्ताहरुको पनि सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रतियोगिता बारे बिबरण:-

  • मिति:- १७ डिसेम्बर,२०१७,आईतबार  
  • समय:- ३;३० बजे देखि
  • स्थान:- भालदेब्रन काम्पो 
  • टिम दर्ता गर्ने समय:- १६ डिसेम्बर,२०१७ साँझ ५ बजे सम्म ( टिम ड्र,साँझ ५:३० बजे)
  • आयोजक:- गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद