निर्वाचनको मुखमा सरकारले बाड्यो आफ्ना कार्यकर्तालाई करिब १६ करोड रुपैयाँ


काठमाण्डौ – निर्वाचनको मुखमा सरकारले आर्थिक सहायताका नाममा एक हजार २ सय ७८ जना आफ्ना कार्यकर्तालाई करिब १६ करोड रुपैयाँ वितरण गरेको छ ।

यो वितेको तीन महिनामा सरकारले गृह मन्त्रालयमार्फत कार्यकर्तालाई वितरण गरेको रकममात्र हो ।

सरकारबाट आर्थिक सहायताका नाममा रकम  बुझ्ने कार्यकर्ताले औसतमा एकजनाले एक लाख २३ हजार ४ सय ३५ रुपैयाँ बुझेको छ ।

सीधै मन्त्रिपरिषदले यतिजनालाई यतियति रकम दिनु भनी निर्णय गरी पठाउँछ जसलाई हामी रोक्न सक्दैनौं अर्थ मन्त्रालय स्रोतले भन्यो हामीले मन्त्रिपरिषदको निर्णयअनुसारको रकम निकासा गरिदिन्छौं । आजको नागरिक दैनिकमा खबर छ ।