वामगठबन्धनको सम्वृद्धिको नारा फोस्रो भएको प्रधानमन्त्री देउवालेको आरोप


पोखरा – प्रधानमन्त्रीतथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वामगठबन्धनले नेता देखेर जनता डराउने व्यवस्था ल्याउन लागेको आरोप लगाएका छन् । ‘जनता सँग शासन बदल्ने कि राख्ने भन्ने अधिकार छ, हामी जनता देखि नेता डराउने शासनको पक्षमा छौँ’, बुधबार पोखराको अमरसिँहचोकमा आयोजित नेपाली काँग्रेसको चुनावी सभालाई संवोधनगर्दै उनले भने,‘कम्युनिष्टसँग जनताहिजो पनि डराउँथे, भोलीपनि डराउने दिन ल्याउन लागेका छन् ।’

वामगठबन्धनले विजयप्राप्त गरे जनताको बोल्ने,लेख्ने र सम्पत्तिको अधिकार नहुने भन्दै उनले वामगठन्धन लोकतन्त्र सिध्याउने षड्यन्त्र भएको जिकिर समेत गरे । ‘यो चुनाव कम्युनिष्ट दमनको शासन रोज्ने किलोकतन्त्र रोज्ने चुनवाहो’, वामगठबन्धनको आलोचनागर्ने क्रममाउनले अगाडि भने,‘ यो संविधानले आदिवासी, जनजाति, मधेशी सबैलाई ठाउँ दिएको छ तर कम्युनिष्टहरुले संविधानखारेज गरेर तानशाहीलाद्न खोजेका छन् ।’आफूहरु जनतालाई मालिकबनाउने अभियानमा रहेको उनको उद्घोष रहेको थियो । सातसालदेखि परिवर्तनको नेतृत्व गरेको काँग्रेसले वामगठबन्धनको इरादा पूरा गर्न नदिने उनले दावी गरे ।

उनले वामगठबन्धन दिएको सम्वृद्धिको नारा फोस्रो भएको आरोप पनिलगाए । ‘कहाँबाट सम्वृद्धि – वामगठबन्धनले) ल्याउँछन्, उनीहरु आए स्वदेशीविदेशीलगानी नेपालआउँदैन’, उनले भने,‘विदेशी त आउँदैनन्, आउँदैनन्, स्वदेशीलगानीपनिबाहिर जान्छ ।’नेपालीकाँग्रेसको उदार आर्थिक नीतिलाई स्वदेशीतथाविदेशीलगानीकर्ताले विश्वास गर्ने जिकिर गर्दै उनले मूलुकलाई काँग्रेस नेतृत्वको सरकारले मात्रधनीबनाउने दावी गरे ।

कार्यक्रममाबोल्दै नेपालीकाँग्रेसकावरिष्ठ नेता रामचन्द्र पौडेलले वामगठबन्धनले संसारमै असफल साम्यवादको नाममा नेपाललाई फोहर थुपार्ने कण्टेनर बनाउनलागेको आरोप लगाए । स्थानीयनिकायको निर्वाचनबाट केही अगाडि देखिनासाथएमालेले बहुदलीयमान्यतालाई तिलाञ्जलीदिएर साम्यवादअंगाल्नपुगेको जिकिर गर्दै उनले अगाडि भने,‘ अहिले एमालेले चरम अवसरवादिता प्रकट गरिरहेको छ ।

’आफैले हस्ताक्षर गरेको संविधानमामसी नसुक्दै एमाले र माओवादीले अनर्थको कुरा गरेको बताउँदै उनले कम्युनिष्टहरुले समस्यामात्रजन्माउने तर त्यसको समाधाननखोजको जिकिर गरे । वामगठबन्धनको सरकार बने सबैभन्दापहिले समावेसी व्यवस्थाको अन्त्यहुने बताउँदै उनले तेस्रो विश्वमा लोकतन्त्रको रक्षा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिबाट हुनै नसक्ने दावी गरे ।

‘समावेसीलाई गठबन्धनले सबैभन्दापहिले खोस्छ’,उनले भने,‘कार्यकारी राष्ट्रपति हुँदा अरु तालीबजाउनजाने हो, राष्ट्रपतिले अन्तैबाट( शासन ) संचालन गर्छ ।’ सोही सभामाबोल्दै काँग्रेस महामन्त्री डा. सशांककोइरालाले काँग्रेसलाई जिताएमा नेपालीको भाग्यरेखा परिवर्तन गराउने उद्घोष गरे । उद्योगपतिविनोद चौधरीले आफू राजनीतिगर्न नभई बलिलो अर्थतन्त्रको आधारशीलातयार पार्न काँग्रेसमा आवद्ध भएको जिकिर गरे ।

नेपालीकाँग्रेसले २०४८ सालमालिएको उदार आर्थिक नीतिकाकारण देशले फड्को मारेको दृष्टान्त दिँदै उनले रोजगारी सृजना र आर्थिक उन्नतिकाँग्रेसको एजेण्डा भएको दावी गरे । नेपालीकाँग्रेस निर्वाचन परिचालन कमिटीका संयोजकबालकृष्ण खाँडले काँग्रेसलाई सिध्याउनखोज्नेहरु आफै सकिएको दृष्टान्त दिँदै अब सकिने पालो एमालेको भएको उद्घोष गरे । सभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महत , धनराज गुरुङ, उद्योगपति सूर्यबहादुर केसी, पूर्व मन्त्रीकुमार खड्का सहित कास्कीमा नेपाली काँग्रेसकातर्फबाट प्रतिनिधीसभातर्फ उम्मेदवारी दिएका यज्ञबहादुर थापा, देवराजचालिसे, शुक्रराजशर्मासँगै प्रदेश सभाका उम्मेदवारहरु पनि बोलेका थिए ।