राजनीतिक दलले गर्ने बुथ कब्जा मुख्य सुरक्षा चुनौती


काठमाण्डौ – प्रतिनिधिसभा र प्रदेससभा सदस्यका लागि पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मतपरिणाम आफ्नो पक्षमा ल्याउन राजनीतिक दलले गर्ने बुथ कब्जा मुख्य सुरक्षा चुनौतीका रुपमा देखिएको छ ।

स्थानीय प्रशासन र सुरक्षा संगठनले निर्वाचन नहुने अन्य जिल्लाका समर्थक निर्वाचन हुने जिल्लामा पुगेर सुरक्षा चुनौती थप जटिल बनाउने विश्लेषण समेत गरेका छन् । यो आजको नागरिकमा केपी ढुंगानाले खबर लेखेका छन् ।

सुरक्षा चुनौती चिर्न पर्याप्त तयारी भएको गृहमन्त्रालयले जनाएको छ । सुरक्षा व्यवस्था कायम गर्न नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी,राष्ट्रिय अनुसन्धान विभाग र म्यादी गरी चार लाख सुरक्षाकर्मी खटिएका छन् र ३२ जिल्लाको सुरक्षा अवस्थाका आधारमा ७ सय मतदान स्थल अति संवेदनशील सूचीमा छन् ।

भौगोलीक अवस्था,निर्वाचनमा सहभागी दलका उम्मेदवारको गतिविधि र निर्वाचनविरोधी समुहको प्रभावका आधारमा यी क्षेत्रको पहिचान गरिएको हो । संवेदनशील सूचीमा रहेका मतदान स्थलको संख्या पनि लगभग त्यति नै छ ।