सगरमाथाको उचाइ फागुनको पहिलो साताबाट नापिने निश्चित


काठमाण्डौ – सगरमाथाको उचाइ फागुनको पहिलो साताबाट नापिने निश्चित भएको छ ।  आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

त्यसका लागि यही मंसीर मसान्तसम्म आवश्यक पर्ने सबै प्रविधिको तयारी पूरा हुने नापी विभागले जनाएको छ ।

मंसीर २५ र २६ गते काठमाडौंमा सगरमाथा उचाइ मापन सन्दर्भमा अन्तराष्ट्रिय गोष्ठीको आयोजनासमेत गरिएको छ ।

सोलुखुम्बुका १२ वटा स्थानमध्ये ८ वटा स्थान पहिले पनि मापनका लागि प्रयोग भएका केन्द्र थिए ।

अन्य चार वटा नयाँ प्वाइन्ट निर्धारणा गरिएको छ । आजको नेपाल समाचारपत्रमा प्रशान्त वलीले लेखेका छन् ।

पुस माघको समयमा हिउँ पर्ने भएकाले फागुनबाटै अथवा हिउँ लाग्ने समय सकिएपछि मापन कार्य सुरु हुने बताइएको छ ।