डेनमार्कमा बहस:-“सम्वृद्ध नेपाल बन्न स्थिर सरकार आवश्यक”


कोपनहेगन/सम्वृद्ध र सबल नेपाल बन्नको लागि स्थिर सरकार हुनुपर्नेमा बक्ताहरुले जोड दिएका छन् । कम्तिमा पनि ५ बर्षसम्म एकै पार्टीको नेतृत्वमा सरकार बनेमा त्यसले विकास निर्माणमा ठुलो भुमिका खेल्ने भन्दै सो कुरामा जोड दिएका हुन् ।
प्रबासी नेपाली मन्च (ओएनएफ) डेनमार्क र नेपाली जनप्रगतिशील मन्च (एनिपिएफ) डेनमार्कले सयुक्त रुपमा शनिबार कोपनहेगनमा “सम्बृद्ध नेपालको लागि राजनितीक स्थिरता र वर्तमान राजनीतिक ध्रुबिकरण” बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुल सो कुरा बताएका हुन् ।
नेपालमा २५ वर्षको अबधिमा २६ जना प्रधानमन्त्री भएकाले नै देशमा विकास निर्माणले गति नलिएको बताउदै जुनसुकै पार्टीले भएपनि पुरा अवधि सरकार चलाउने बाताबरण हुनुपर्ने बक्ताले धारणा राखे ।विभिन्न राजनिति तथा सामाजिक क्षेत्रका प्रमुख तथा प्रतिनिधिले पछिल्लो राजनीतिक ध्रवीरकरण नेता तथा पार्टीको भन्दा देशको आवश्यकतालाई केन्द्रमा राखेर गरिनुपर्ने कुरा व्यक्त गरे ।
एनिपिएफ डेनमार्कका सस्थापक अध्यक्ष उदयराज गौतमले अबधारणा पत्र प्रस्तुत गर्दै देश विकास तथा समाजबादमा प्रवेशको लागि नै बाम तालमेल तथा निकट भविष्यमा देशका ठुला कम्युनिष्ट पार्टीबिच एकताको विकल्प नरहेको बताए । ओएनएफका पुर्ब अध्यक्ष कृष्ण पौडेलले नेपालको अर्थ राजनीतिक अबस्थामा केन्द्रित भएर अबधारणा पत्र राख्दै बिदेशिएका युवालाई नेपालमै फर्काउनको लागि पनि तिव्र रुपमा विकास हुनुपर्नेमा जोड दिए ।
नेपाली जनसम्पर्क समिति डेनमार्कका पुर्व अध्यक्ष रामचन्द्र पाठक, नेपाली जनसम्पर्क समिति डेनमार्कका सल्लाहकार शैलेन्द्र अधिकारि र एनआरएनका पुर्व आईसिसि प्रतिनिधि प्रविन प्रजापतिले अबधारणापत्रमाथि टिप्पणि राखेका थिए । अन्तरक्रियामा एनआरएन डेनमार्कका अध्यक्ष यामलाल सुवेदी, नेपाली जनसम्पर्क समिति डेनमार्कका उपाध्यक्ष निल थापा, बबेकशील साझा सद्भावका उपाध्यक्ष नवराज सिटौला,  ओएनएफका पुर्ब अध्यक्ष घनश्याम गौतम, एनिपिएफ डेनमार्कका पुर्ब अध्यक्ष गणेश ढकाल, पत्रकार प्रकाश ढकाल र एनआरएन डेनमार्कका सदस्य लक्ष्मीप्रसाद जम्मरकट्टेलले बोलेका थिए ।
ओएनएफ डेनमार्कका अध्यक्ष शिब चीपागाईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत एनिपिएफका उपाध्यक्ष महेन्द्र खड्का, कार्यक्रममाथी प्रकाश ओएनएफका उपाध्यक्ष दिपक पाण्डेले र सन्चालन एनिपिएफका महासचिब महेशकुमार खातीले गरेका थिए ।