कालिकालाई पर्यटकीय हब बनाउछु : एमाले उम्मेदवार मनबहादुर


पोखरा – कास्की क्षेत्र नम्बर १ प्रदेश सभा ख का वाम गठबन्धनका उम्मेद्वार मनबहादुर गुरुङले राजनीतिमा लाग्ने प्रेरणा आफूले कालिकाबाट पाएको बताएका छन् । चुनावी प्रचार अभियानम अन्तर्गत पोखरा लेखनाथ २८ कालिका बजारमा आइतबार आयोजित कोण सभामा बोल्दै उनले कखरा र राजनीति सिकाउने गुरु कालिका कै भएको सम्झिए ।

‘मलाई राजनीतिमा प्रवेश गराउँदै यससम्म पु¥याउन कालिकाको महत्वपूर्ण भूमिका छ,’ उनले भने,‘यही भूमिमा आएर भोट माग्न पाउँदा निकै खुशी लागेको छ ।’ चुनावी प्रतिस्र्धामा उर्तान पनि कालिका कै योगदान रहेको सम्झदंै उनले भने, ‘तपाई कालिकावासीले मलाई भोट दिएर जिताउनेमा म, ढुक्क छु ।’

आफू जन्मेको गाउँ पार्चेमा अहिले पनि कालिकाकै कीर्तिबहादुर अधिकारी दुधपोखरी माविको प्रधानाध्यापक रहेका बताउँदै उनले काम गर्ने मौका दिएमा कालिकाले लगाएको गुन तिर्न आफू कटिबद्ध रहेको बताए । ‘मलाई खासै भाषण गर्न आउँदैन भन्दै करिब १५ मिनेट धाराप्रवाह भाषण गरेका गुरुङले भने,‘कालिकालाई पर्यटकीय हब बनाएर यहाँको बेरोजगारी समस्यालाई समाधान गर्दै आर्थिक समृद्धि र विकासलाई प्राथकितामा राखेर काम गर्छु । ’ गुरुङले कास्कीका ६ वटा प्रदेश क्षेत्र मध्ये क्षेत्र १ को खलाई नमुना बनाएर देखाउने अठोट व्यक्त गरेका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका संयोजक एवं नेकपा एमाले कास्कीका कार्यालय सचिव बैनबहादुर क्षेत्रीले विश्व बैंकको सहयोगमा राखी मिजुरे सडकको स्तर उन्नतिको काम अगाडि बढेको बताए । ‘आफ्नै गाउँको व्यक्ति चुनावमा उठेको भनेर होइनकी पार्टीले लिएको नीतिलाई हेरेर मत दिन आग्रह गर्दछु,’ उनले भने, ‘ व्यक्तिलाई पार्टीले निर्देश गर्ने भएकोले अहिले वाम गठबन्धनको विकल्प छैन । ’

कार्यक्रममा बुद्धिजीवी हरि त्रिपाठीले देशमा स्थायी सरकार बनाएर आर्थिक समृद्धिलाई अगाडि बढाउन वाम गठबन्धन भएको बताए । निर्वाचन परिचालन कमिटीका संयोजक भोलानाथ त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा नारायण त्रिपाठी लगायतले बोलेका थिए ।

कार्यक्रममा कलाकार पदमराज ढकाल, शिवहरि ढुंगाना, ऋतु परियार, सीता परियार र जमुना देवकोटाले गीतमार्फत वाम गठबन्धनका उम्मेद्वारलाई जिताउन आग्रह गरेका थिए । घरदैलोकै क्रममा माओवादी अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको निधनको खबर आएपछि उहाँलाई श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्दै आइतबारका चुनावी प्रचारका कार्यक्रम स्थगित गरिएको थियो ।