आठौ संस्करणको पोखरा महोत्सव पुस अन्तिम साताबाट हुने


पोखरा  – आठौ संस्करणको पोखरा महोत्सव पुस अन्तिम साताबाट हुने भएको छ । आयोजक पोखरा यूनाइटेड क्लबले मंगलबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि पुस २७ देखि माघ ८ सम्म महोत्सव गर्ने तयारी गरिएको जानकारी दिएको हो ।

“युवाको जाँगर राष्ट्र निर्माणको आधार”भन्ने मुल नारा सहित आयोजना हुने महोत्सवमा २ सय २० स्टल रहने यूनाइटेड क्लब अध्यक्ष एवं महोत्सव संयोजक सुकबहादुर गुरुङले जानकारी दिनुभयो । पोखराका अमरसिंहचोकको खेल मैदानमा आयोजना हुने महोत्सव मार्फत पर्यटन प्रवद्र्धन, कला,संस्कृतिको भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य खेलकुद विकासका गरि देशलाई समृद्धिको बाटोमा अगाडी बढाउन तथा पोखरा र आसपासको पर्यटकीय क्षेत्रमा आन्तरीक बाह्य पर्यटट प्रर्वद्धन गदै स्थानिय उत्पादनको बजारीकरण गराउने मुख्य उद्देश्य रहेको आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा विभिन्न जाती, जनजातीहरुको कला, संस्कृतिको प्रर्दशन, औद्योगिक उत्पादनको प्रर्दशनी, एवं विक्री, हस्तकला सामानहरुको प्रर्दशनी तथा जानकारी, ब्यवसायीक संघसस्थाको जानकारी, स्थानिय,राष्टिय तथा अन्तराष्टिय उपभोग्य बस्तुहरुको प्रर्दशनी तथा विक्री, पोखराका पर्यटकीय स्थलहरुको जानकारी, पशुपक्षीको प्रर्दशनी र कृर्षि अटो मेलाको प्रर्दशनी रहने महोत्सव संयोजक गुरुङले जानकारी दिनुभयो । महोत्सवको थप आकर्षणमा राष्ट्रिय स्तरका कलाकारहरुको दोहोरी गीत, नेपालका ख्यातिप्राप्त ब्याण्डको लाईभ प्रस्तुती, हास्यब्यङग्य, उत्कृष्ट स्टल पुरस्कार र बालउद्यान, नेपाली संस्कृति झल्कने प्रस्तुती लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहने बताइएको छ । ११ दिने महोत्सवमा १ करोड १४ लाखको आम्दानी हुने र ७९ लाख खर्च कटाएर ३५ लाख रुपैयाँ बचत हुने अनुमान गरिएको प्रचारप्रसार संयोजक राजु श्रेष्ठले जानकारी दिनुभयो । महोत्सको २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

पोखरा पर्यटकीय शहर भएकाले पर्यकीय गन्तब्यको खोजी भैहरेका बेला क्लबले महोत्सवबाट वचत रकम चिडियाखाना निर्माण, शिक्षा र स्वास्थ्यको क्षेत्रमा खर्च गदै आएको छ । क्लबले सातौ संस्करण सम्म चिडियाखाना निर्माणका लागी ३५ लाख ८५ हजार रुपैयाँ खर्च गरिसकेको छ भने उज्यालो अभियान अन्र्तगत शहरका सडकमा सौर्यबत्ती जडान अभियान र पोखराको पर्यटकीय क्षेत्र सेती नदि बचाउन अभियान अन्र्तगत सरसफाई कार्यक्रम गदै आएको छ । महोत्सवबाट बचत रहेको रकमबाट शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र चिडियाखाना निर्माणमा जनही १५ प्रतिशत रकम छुट्याइने छ । पोखरा महोत्सव सफल बनाउनका ४१ वटा उपसमिति गठन गरेको महोत्सव प्रचार प्रसार संयोजक तथा क्लवका महासचिव राजु श्रेष्ठले जानकारी दिनुभयो ।