सरकारले निःशुल्क उपलब्ध गराउँदै आएका औषधिको संख्या ८० पुग्यो


काठमाण्डौ – सरकारले निःशुल्क उपलब्ध गराउँदै आएका औषधिको संख्या बढाएर ८० पुर्‍याएको छ । चालू आर्थिक वर्षदेखि नै सरकारले ८० प्रकारका औषधिलाई निःशुल्क बनाएको हो । यसअघि ७० प्रकारका औषधि निःशुल्क पाइन्थ्यो । अर्जुन अधिकारीले आजको नयाँ पत्रिका दैनिकमा खबर लेखेका छन्।

स्वास्थ्य सेवा विभाग पुनर्जागरण महाशाखा प्रमुख भोगेन्द्र डोटेलले मानसिक र नसर्ने रोगका औषधिको मात्रा थप गरिएको जानकारी दिए । उनका अनुसार अब मानसिक रोगका ६ र नसर्ने रोगका ४ गरी १० प्रकारका औषधि पनि निःशुल्क पाइनेछ । पछिल्लो समय नसर्ने रोगका बिरामीहरूको संख्या बढ्न थालेपछि सरकारले त्यसको न्यूनीकरणका लागि औषधि थप गरेको

बताएको छ ।

आयुर्वेदका अत्यावश्यक औषधि पनि निःशुल्क

अम्लपित्त– अबिपतिकर चुर्ण

उदर रोग– हिंवाष्टक चुर्ण

बातब्याधी– महायोगराज गुगुलु, महानारायण तेल

श्वासविकार– सितोपलादी चुर्ण, टंकन भष्म

स्त्रीरोग– पुष्यानुग चुर्ण

बालरोग– बाला अमृत, मृग मधासढ

उच्च रक्तचाप– सर्पगन्धावती

छाला रोग– निमवदी चुर्ण, गन्धक रसायन

कान, नाक, मुख, दन्त र कण्ठरोग– खजिरवधिवती, षदबिन्दु तेल

आमवाद– योगराज गुगुलु

ज्वरो– महा सुदर्शन चुर्ण

अतिसार, ग्रहनी– महाशंखवती, विलवादी चुर्ण

वातरक– कैसुर गुगुलु

 

थप गरिएका निःशुल्क औषधि

इनालाप्रिल ट्याब्लेट ५ एमजी र २.५ एमजी नसर्ने रोग

एटोभास्टार्टिन ट्याब्लेट १० एमजी नसर्ने रोग

रेस्पेरिडोन ट्याब्लेट १ एमजी र २ एमजी मानसिक रोग

फ्लुक्जेटिन क्याप्सुल १० एमजी र २० एमजी मानसिक रोग

भ्याल्पोरिक एसिड ट्याब्लेट २०० एमजी र ३०० एमजी मानसिक रोग

ट्राइहेक्जी फेनिडाजोल ट्याब्लेट २ एमजी मानसिक रोग

थाइमिन ट्याब्लेट १०० एमजी मानसिक रोग

डाइजेपाम ट्याब्लेट २ एमजी र ५ एमजी मानसिक रोग

मेटाफोर्मिन ट्याब्लेट ८५० एमजी नसर्ने रोग

हाइड्रो क्लोरो थियाजिन ट्याब्लेट ६.२५ एमजी नसर्ने रोग