ससुराको वार्षिक तिथिमा वृद्धाश्रमलाई सहयोग


पोखरा । पोखरा–१७, विरौटा निवासी बाबुराम रेग्मीकी श्रीमती पार्वती पौडेल रेग्मीले आफ्ना ससुराको पुण्यतिथिमा वृद्धाश्रमलाई सहयोग गरेकी छन् ।

उनका ससुरा पुतलीवजार नगरपालिका वडा नं. १३ ज्योतिष डाडाँ निवासी केशवराज रेग्मीको छैंटौ वार्षिक पुण्यतिथिको अवसरमा सोमबार पोखरा १४, बाच्छेबुडुवास्थित वृद्धाश्रमलाई खाद्यान्न लगाएतका सामाग्री सहयोग गरेकी हुन्।