नेपाली कांग्रेसले कास्कीमा उम्मेदवारको अन्तिम टुङ्गो लगाउदै


पोखरा –  नेपाली कांग्रेसले कास्कीमा प्रतिनिधि र प्रदेश सभाका लागि उम्मेदवारको अन्तिम टुङ्गो लगाउदै छ । उम्मेदवरको बारेमा अन्तिम छलफल चलिरहेको कास्की काँग्रेसका नेताहरुले बताएका छन् ।

क्षेत्र नम्बर १ मा यज्ञबहादुर थापा र तारानाथ रानाभाट मध्ये एकले पाउने भनिए पनि यज्ञबहादुरको नाम सिफारिस भएको स्रोतको भनाई छ । त्यसैगरी प्रदेश १ को क मा तिलक रानाभाट र ख मा कास्की काँग्रेस सभापति कृष्ण केसीको नाम सिफासिर भएको श्रोतले बताएको छ ।

क्षेत्र नम्बर २ मा केन्द्रका लागि सोभियतबहादुर अधिकारी र बिन्दु थापा मध्ये एकले टिकट पाउने भएका छन् भने प्रदेशमा २ को क मा रंगिला आचार्य र ख मा नरेशशंकर पालिखेको नाम सिफारिस भएको स्रोतको भनाई छ ।

क्षेत्र नम्बर ३ का लागि शारदा पौडेल र शुक्रराज शर्मा विच एकजनाले टिकट पाउने प्रतिस्पर्धामा छन् । प्रदेशतर्फ ३ क मा रामचन्द्र त्रिपाठी र ख मा आइबहादुर गुरुङ्ग र मनोज गुरुङ्ग मध्ये एकजनाले टिकट पाउने निश्चित देखिएको स्रोतको दाबी छ ।