पोखरामा प्रथम पोखरा मिडिया कप फुटशल प्रतियोगिता आयोजना हुने


पोखरा – पोखरामा प्रथम पोखरा मिडिया कप फुटशल प्रतियोगिता आयोजना हुने भएको छ । पोखरा टेलिभिजन एण्ड मिडिया प्रा.लि.को आयोजनामा मंसिर ५ र ६ गते प्रतियोगिता आयोजना गर्ने तयारी भैरहेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

पोखरामा संचारित संचार माध्यममा कार्यरत कर्मचारीको सम्वन्ध विस्तार र भाइचारा बढाउदै सञ्चारकर्मी स्वास्थ्य र पूर्नताजगी र मनोरञ्जनका लागी प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता सहसंयोजक विनोद लामिछानेले बताए । प्रतियोगितामा पोखरामा रहेका दैनिक पत्रिकाबाट ४ टिम, एफ.एफ रेडियोबाट ९ टिम, स्थानिय टेलिभिजनबाट ३ टिम र राजधानीबाट हुने दैनिकबाट ३ तथा अनलाईनबाट २ टिम गरि २० टिमको सहभागीता रहने अपेक्षा गरिएको सहसंयोजक लामिछानेले बताए ।

प्रतियोगितामा विजेताले नगद १५ हजार, खसि सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले नगद १० हजार प्राप्त गर्ने छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, अनुशासित टिम र सेमिफाइनलपछिका हरेक खेलमा म्यान अफ द म्याचलाई आकर्षण पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक युवराज भण्डारीले बताए । टिममा आठ खेलाडी, टिम म्यानेजर र एक टिम कोच सहित १० जनाले सहभागीता जनाउन पाउनेछन् ।

प्रतियोगिता करिव १ लाख ५० हजार आम्दानी र १ लाख खर्च भै ५० हजार बचत हुने अनुमान गरिएको आयोजकले जनाएको छ । पोखरा टेलिभिजनका अध्यक्ष हिमाल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा टेलिभिजन संचालक सदस्य दिपक गोदार, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकले प्रतियोगिताले पत्रकारहरु वीच सद्भाव कायम गदै खेलप्रतिको भावना जगाउने बताए भने टेलिभिजनका कार्यक्रम संयोजक सुरज श्रेष्ठले प्रतियोगिता बारे जानकारी दिएका थिए ।