एमाले र माओवादी केन्द्रको १ सय ७ क्षेत्रको टुंगियो, बाँकी आज टुंगिने


काठमाण्डौ – एमाले र माओवादी केन्द्रले मंसिर २१ मा हुने दोश्रो चरणको चुनावका लागि सिट बाँडफाँड अन्तिम चरणमा पुर्‍याएका छन्। दोश्रो चरणको १ सय २८ निर्वाचन क्षेत्रको बाँडफाँडबारे सम्भवतः शनिवार संयुक्त रुपमा सार्वजनिक गर्ने बाम दलको तयारी छ। आजको कान्तिपुर दैनिकमा खबर छ ।

दोश्रो चरणमा हुने प्रतिनिधिसभाका १ सय २८ निर्वाचन क्षेत्रमा दुई दलका उम्मेदवार लड्ने १ सय ७ क्षेत्रको टुंगो लागिसकेको सिट बाँडफाँड समितिका एक सदस्यले बताए। त्यसमध्ये एमालेलाई ७२ माओवादी केन्द्रलाई ३५ सिट छुट्याइएको छ। त्यहि अनुपातमा सम्बन्धित प्रदेशमा पनि सिट बाँडफाँड भएको छ।

पहिलो चरणको मंसिर १० मा हुने निर्वाचनका लागि एमालेले २१ र माओवादी केन्द्रले १६ सिटमा सहमति गरेका थिए। सोहि अनुसार उम्मेदवार मनोनयन पनि भैसकेका छन्। दुई बाम दलबीच ६० ४० प्रतिशतका आधारमा सिट विभाजन गर्ने सहमतिअनुसार सिट बाँडफाँड भएको हो।