प्रतिनिधिसभा र प्रदेशसभा चुनावको प्रत्यक्षतर्फको मतपत्र छाप्न सुरु


काठमाण्डौ – आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि मतपत्र (समानुपातिक तर्फको) छपाइ सकिएको छ ।

प्रतक्ष्यतर्फको मतपत्र भने छाप्न सुरु गरिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

निर्वाचन आयोगका अनुसार शुक्रबारदेखि प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रकै प्रत्यक्षतर्फको मतपत्र छाप्न थालिएको हो ।

आयोगले पहिलो चरणमा प्रत्यक्षतर्फको मंसिर १० गते हुने प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटका लागि मतपत्र छपाइ गरिने जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भने,

-निर्वाचन तयारी ७५ प्रतिशतभन्दा बढी पूरा भएको छ ।

-मतपत्रबारे सर्वोच्च अदालतबाट भएको आदेशलाई सम्मान गर्दै निर्वाचन पूर्वनिर्धारित मितिमै हुनेछ ।

-समानुपातिकतर्फको मतपत्र छपाइको काम सकिएको छ ।

-आजै (शुक्रबार)देखि नै प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ कार्य सुरु भएको छ ।