पोखरामा खुल्ला टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने


पोखरा – पोखरामा क्रिकेट खेलको विकास एवम प्रवद्र्धन गर्न पोखरेली कृयाशिल क्रिकेट खेलाडी र खेल प्रेमीहरु द्वारा गठित राइजिङ्ग पोखरा क्रिकेट एकेडेमी र लेखनाथको योङ्ग स्टार क्लवको संयुक्त आयोजनामा खुल्ला टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । पोखरामा विहीवार आयोजित पत्रकार भेटघाटमा वताइए अनुसार उक्त प्रतियोगिता कात्र्तिक २१ देखि २५ गते सम्म संचालन हुने छ ।

पत्रकार भेटधाटमा राइजिङ्ग पोखरा क्रिकेट एकेडेमीका अध्यक्ष एवम राष्ट्रिय खेलाडी करण केसीले प्रतियोगितामा १६ टिमको सहभागिता रहने जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख २५ हजार ४ सय ५६ र द्वितिय हुनेले ५४ हजार ३ सय २१ नगदका साथमा ट्रफी र मेडल प्राप्त गर्ने छन ।

प्रतियोगितामा म्यान अफ दि सिरिजलाई नगद ५ हजार ५ सय ५५ प्रदान गरिने छ भने म्यान अफ दि म्याच, वेष्ट वोलर र वेष्ट व्याट्स्म्यानलाई समेत नगद र ट्रफी प्रदान गरिने छ । प्रतियोगिताका सम्पुर्ण खेलहरु पोखरा रंगशाला र नगर प्रशिक्षण केन्द्र नदिपुरको क्रिकेट खेल मैदानमा संचालन गरिने छ । उक्त प्रतियोगिता वहिरा क्रिकेट संघ कास्की र सरिता गुरुङ्ग फाउन्डेशनको सहयोगार्थ संचालन गरिने प्रतियोगिताका संयोजक सुमित शेरचनले वताए ।

सो अवसरमा कास्की जिल्ला क्रिकेट संघका नवनिर्वाचित अध्यक्ष संञ्जयकान्त सिग्देल, उपाध्यक्ष ओम प्रकाश श्रेष्ठ,कोषाध्यक्ष चन्द्र वहादुर गुरुङ्ग लगाएत पदाधिकारी एवम कार्यसमितीका सदस्यहरुलाई समेत सम्मान गरिएको थियो । पत्रकार भेटघाटमा कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सिग्देल, नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष केशव पाठक, क्लवका संयोजक सूवर्ण वराल लगाएतले वोलेका थिए ।