उद्योगपति सुर्यबहादुर केसी काँग्रेसमा प्रवेश


पोखरा । पोखराका सुपरिचित उद्योगपति, समाजसेवी तथा नेता सुर्यबहादुर केसीले विहिबार पत्रकार भेटघाटमा नेपाली काँगेसमा प्रवेश गर्ने तयारी गरेको वताए ।

पोखराको मुस्ताङचोकमा रहेको लिगेसी होटलमा नेपाली काँग्रेसका जिल्ला सभापति कृष्ण केसीलगाएतका नेताहरुको उपस्थितिमा पुर्व सभासद् समेत रहेका केसीले कांग्रेसमा प्रबेश गर्ने तयारी गरेको बताएका हुन ।

एमाले पार्टी प्रजातानित्रक मुल्य र मान्यातामा चलेको जस्तो लागेर पछिल्लो समय सहयोग गर्दै आएको थिए । तर समय अब त्यस्तो रहेन । ‘मुलुक अत्यन्त कठिन अबस्थामा भएको वेला अनिर्णयको बन्दि भएर बस्न मन लागेन, द्धन्द्धकालमा हजारौं मान्छे मारेको पार्टी माओबादीसंग एमालेले बाम एकता गरेसंगै कांग्रेसमा प्रबेश गर्ने तयारी गर्दै हाल छलफलमा रहेको छु,’ राप्रपाका पुर्व नेता समेत रहेका केसी भने । स्थानीय निर्वाचनमा एमालेलाई सघाए । तर अब एमालेले प्रजातन्त्रको रक्षा गर्न सक्दनै भन्ने लागे पछि काग्रेसमा प्रबेशको तयारी गरेको बताए ।

उनि केहि बर्षदेखि स्वतन्त्र ढंगले बसेका थिए । आफु एक उद्योग पति भएको उल्लेख गर्दै केसीले आफुले धेरै सोच विचार गरी प्रजातन्त्र, मौलिक अधिकार, मानव अधिकार, निजी सम्पतिको अधिकार लगायतका अधिकारको संरक्षणको लागि पनि हाल आफु कांग्रेस जान लागेको बताए ।

सनातन धर्म सहितको हिन्दु धर्मको मुद्धा समेत आफुले उठाउदै अघि बढेको बताए । उनले अबको समय आर्थिक समृद्धिको भएकोले देशको युवा शक्तिलाई स्वदेशमै परिचालन गर्नुपर्नेमा जोड दिए ।

आउँदो शनिबार पोखरामा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासंग छलफल गरि अन्तिम निर्णय गर्ने पनि जनाएका छन् ।