ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – राजधानीबाट मंगलबार प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयहरुलाई प्राथमिकता दिएर छापेका छन् । विशेषगरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकै वरिपरि रहेर आज पनि पत्रपत्रिकाहरुले खबर छापेका छन् ।

नेपालमा पहिलोपटक प्रदेशसभा निर्वाचन प्रक्रिया सुरु भए पनि कानुन र भौतिक पूर्वाधार निर्माण नहुँदा प्रदेशसभा बैठक सञ्चालनमा समस्या हुने भएको छ । यो खबरलाई आजका केही पत्रपत्रिकाहरुले लेखेका छन् ।

 

त्यस्तै महिला प्रतिनिधित्व ३३ प्रतिशत पुर्याउन गाह्रोलाई पनि आजका पत्रपत्रिकाहरुले छापेका छन् ।

मुख्यसचिवमा लोकदर्शन रेग्मी नियुक्त भएको समाचारलाई पनि आजका पत्रपत्रिकाहरुले पहिलो पृष्ठमा स्थान दिएका छन् । भूकम्पपछिको पुनर्निर्माणलाई पनि आजका पत्रपत्रिकाहरुले लेखेका छन् ।