नौलो घुम्तीद्धारा भित्ते पत्रिका प्रकाशन तालिम


पोखरा । गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक सहयोग र नौलो घुम्ती नेपालको आयोजनामा कास्कीका १० विद्यालयमा भित्तेपत्रिका प्रकाशन अभिमुखिकरण तालिम सम्पन्न भएको जनाएको छ ।

तालिममा मादी गाउँ पालिका वडा नं. ९ मा रहेको सरस्वती कुञ्ज आधारभुत विद्यालय र वालकल्याण आधारभुत विद्यालय साथै वडा नं. ८ को प्रभात आधारभुत विद्यालयका शिक्षक तथा विद्यार्थी सहभागि भएका थिए ।

तालिममा सरस्वती कुञ्जका शिक्षक श्रीप्रसाद अधिकारी, बालकल्याणका रबिलाल अधिकारी, प्रभात विद्यालय, पाखुरीकोटकी शिक्षिका रमादेबी बराललगायत वाल क्लबमा आवद्ध विद्यार्थीहरुको सहभागिता रहेको थियो ।


त्यसै गरि यस अगाडि माछापुच्छ्रे गाउँ पालिका वडा नं. ८ का वाराही र तारेवराह आधारभुत विद्यालयका १५ जना शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

त्यस्तै अन्नपुर्ण गाउँपालिका वडा नं. ४ को बहादुरे मावि, वडा नं. ६ का संगम मावि र सिद्ध आधारभुत विद्यालयका १२ जना शिक्षक तथा विद्यार्थीलाई उक्त तालिम प्रदान गरिएको थियो ।

नौलो घुम्ती नेपालको सामुदायिक विकास परियोजना अन्र्तगत दिईएको उक्त तालिम पोखरा लेखनाथ महानगरपालिका वडा नं. २३ हर्पनको जनसिद्ध आधारभुत विद्यालयका २० जना शिक्षक तथा विद्यार्थीहरुको सहभातिगा रहेको परियोजनाका शिक्षा विकास अधिकृत महेश विश्वकर्माले वताए ।

विगत एक महिनादेखि संचालन भई गत मंगलबार सम्पन्न सो तालिममा कृष्ण बहादुर रानाभाटले प्रशिक्षण दिएका थिए भने नौलो घुम्ती नेपालका सामाजिक परिचालक अनिल नेपाली र बलबहादुर केसीले सहजीकरण गरेका थिए ।

साथै तालिम पश्चात १० वटै विद्यालयहरुलाई भित्रेपत्रिका प्रकाशनको लागि लागि आवश्यक ३० हजार रुपैयाको सामग्री हस्तान्तरण गरिएको थियो ।