ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं  – समानुपातिक सांसदका लागि हतारमा सूची बुझाएका दलहरुले अधिकांश नाम फेरबदल गर्दै निर्वाचन आयोगमा बुझाउने तयारी गरेका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्रसहित सबैजसो दलहरुले सूची बदल्न लागेको विषयलाई आजका पत्रपत्रिकाहरुले महत्त्वका साथ लेखेका छन् ।

सांसदहरुको खर्चिलो बिदाइलाई पनि आजका पत्रपत्रिकाहरुले लेखेका छन् । ‘सरकारले पूर्व सभासदको बिदाइमा झन्डै चार करोड खर्च गर्दैछ । पहिलो र दोस्रो संविधानसभाका १२ सय सभासद्लाई पहिचानअंकित लोगो र एक महिनाको पारिश्रमिकबराबरको रकम उपलब्ध गराउँदा तीन करोड ८१ लाख खर्च हुँदैछ’ पत्रपत्रिकाहरुले आज खबर लेखेका छन् ।

 

त्यस्तै केही पत्रिकाले अस्थिर सरकारको विषय पनि उठाएका छन् ।

विजय गच्छदार कांग्रेस प्रवेश गरेकोदेखि प्रादेशिक संसद् संघीय संसदभन्दा खर्चिलो हुनेसम्मका खबरले अाजका पत्रपत्रिकाहरू रंगिएका छन् ।