पोखरा महानगरपालिका र अमेरिकाको भर्जिनिया नगरका मेयरवीच भेटवार्ता


पोखरा – पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी, उपमेय मञ्जुदेवी गुरुङसंग अमेरिकाको भर्जिनिया शहरका मेयर क्याथोरी वीच भेटवार्ता भएको छ । भर्जिनिया शहरका मेयर क्याथोरी सहित पोखरा आएको चार सदस्यीय टोलीले महानगरपालिका मेयरलाई कार्यकक्षमै भेट गर्नुभएको हो ।

 

टोलीलाई पोखरा लेखनाथ महानगरपालिका मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङले महानगरमा खादा लगाएर स्वागत गर्नुभएको थियो । भेटमा पोखरा महानगपालिका र भिर्जिनिया नगर वीच भगिनी सम्वन्ध स्थापना लगायत दुई नगरवीचको परिचय, विकासका बारेमा छलफल भएको थियो । भेटमा पोखरा लेखनाथ महानगपालिका मेयर जिसीले पोखरा पर्यटकीय शहर भएको बताउदै विश्वकै उत्कृष्ट पर्यटकीय गन्तब्यका रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो ।

 

‘पोखरा हिमाल, ताल र धेरै जातजातीहरुको बसोबास भएको शहर हो, यो विश्कै दश उत्कृष्ट शहरभित्र पर्छ ’उहाँले भन्नुभयो । मेयर जिसीेले अन्तराष्टिय शहरका रुपमा विकास गर्ने गरि योजनाबद्ध तयारीकाले आफुहरु अगाडी बढेको बताउनुभयो । उहाँले भर्जिनिया र पोखरावीचको सम्वधन्लाई विस्तार गदै विकासमा सहकार्य गनुपर्नेमा जोड दिनुभयो । उपमेयर मञ्जुदेवी गुरुङले पोखरा पर्यटकीय शहर भएकाले यहाँको अवलोकन गदै पर्यटन क्षेत्रमा सुधारका बारेमा सुझाव दिन आग्रह गर्नुभयो ।

 

भर्जिनिया मेयर क्याथोरीले भर्जिनिया शहर सानो भएको जानकारी दिदै २८ हजार नागरिक बसोबास गर्ने र चार वटा वडा भएको सानो शहर भएपनि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भर्जिनिय शहर वासिङटनडिसिबाट ५० माइल टाढा रहेको र ऐतिहासिक शहर भएको जानकारी दिनुभयो । ‘भर्जिनिया सानो शहर भएपनि यसको इतिहास लामो र महत्वपूर्ण छ, त्यसै त्यहाँ थुप्रै मानिसहरु आउने गर्छन् ।’

 

उहाँका अनुसार भर्जिनिया जर्ज वासिङटनले बासोबार गर्ने शहर हो, त्यहीबाट उहाँले आन्दोलनको अगुवाई गरेको शहर पनि हो । भर्जिनिया समुन्द्र र पहाडहरुको शहर पनि हो उहाँले भन्नुभयो त्यहाँ राम्रो रापा खाना नदि पनि रहेको र मानिसका लागी आकर्षण पनि हो ।। उहाँले नेपालमा गएको भुकम्पका बेला भर्जिनियमा कन्र्सट गरेर सहयोग गरेको जानकारी समेत दिनुभयो् । उहाँले लामो समयपछि भएको निवाचनमा धेरै मत अन्र्तरले विजयी भएकोमा मेयर जिसी र गुरुङलाई बधाई दिदै महानगरप्रति धेरै दायित्व र जिम्मेवारी भएको बताउदैे पोखरा र भर्जिनिया शहर वीच सहयोग आदान प्रदानका लागी निरन्तर सम्पर्कमा रहिरहने समेत बताउनुभयो ।