“६ एकान ६” ” अगस्ट ५ तारिक बार्सिलोनामा प्रदशन हुने


बसन्त रानाभाट
बासिलोना –

नेपाली चलचित्रको बजार सुस्ताएको बेला देश तथा बिदेशमा राम्रो ब्यापार गर्दै चर्चा कमाएको हास्य प्रधान नेपाली कथानाक चलचित्र “६ एकान ६” बार्सिलोनामा प्रदशन हुने भएको छ ।
आफ्नो कोषलाई बृदि गर्ने एबम नेपाली समुदायलाई मनोरन्जन दिने भन्दै गैरआवसिय नेपाली सघं राष्ट्रिय समन्वय परिषद स्पेनले अगस्ट ५ तारिक दिउसो ४. ३० बजे बिशेष प्रदशन गर्न लागेको हो ।

chha-ekan-chha-nepali-movie-poster

बिदेशमा रहेका नेपालीहरुले पनि ज्यादै मन पराएको चलचित्र हेर्न  स-परिवार जानको लागि संघका उपाध्यक्ष निरजकुमार पोखरेलले बार्सिलोनाबासी नेपाली समुदायलाई आग्रह गरेका छन् । नेपालीनेपाली डटकम सँग कुरा गर्दै उनले बार्सिलोनाको काइया पी-५ को सिनेमाग्डामा प्रदशन हुने चलचित्र हेर्नको लागि प्रबेश शुल्क १० युरो राखिएको जनाएका छन् ।
टिकटको लागि गैरआवसिय नेपाली सघं सँग आबद्द जो-कसै सगँ सम्पर्क गरे पनि हुने संघले जनाएको छ ।

nepali-movie-chha-ekan-chha

दिनेश डिसीको निर्देशनमा बनेको चलचित्रमा हास्य कलाकारहरु दिपकराज गिरि ,दिपा श्री निरौला र निर्मल शर्माको संयुक्त लगानी रहेको छ । टेलिभिजनको पर्दामा हास्य टेलिफिल्ममा अभिनय गर्ने सबै जसो चर्चित चर्चित अनुहारले अभिनय गरेको चलचित्रमा शम्भुजित बास्कोटाले संगीत दिएका छन् ।
नेपाली रजतपटमा उत्तौला दृश्य र शब्दहरु प्रयोग गर्दै चलचित्र निर्माण भईरहेको परिपेक्षमा कथा बिषय बस्तु राम्रो भए हास्य प्रधान चलचित्रले पनि राम्रो ब्यापार गर्न सक्छ भन्ने सन्देश “६ एकान ६”  ले नेपाली सिने बजारमा छाडेको छ ।