बृहत पोखरा सरसफाई अन्तर्गत ७२ औ हप्ता फेवातालमा सरसफाई


पोखरा – बृहत पोखरा सरसफाई अन्र्तगत शनिबार फेवाताल सरसफाई गरिएको छ । नागरिक समाजले हरेक शनिबार सरसफाई कार्यक्रम गदै आएको छ । बृहत पोखरा सफाईको ७२ औ हप्ता पर्यटकीय क्षेत्र फेवाताल सरसफाई गरिएको हो । फेवातालको बाराहीचोकदेखि खहरेसम्मको क्षेत्रमा सफाई गरिएको अभियान्ता अञ्जु क्षेत्रीले बताउनुभयो । अभियानका क्रममा दुई गाडी फोहोर संकलन भएको थियो ।

पोखरा लेखनाथ वडा नम्वर ६ बैदाममा आयोजना गरिएको कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक अगुवा, राजनीतिक पार्टी र विभिन्न संघसंस्थाका ब्यक्तिहरुको सहभागीता रहेको थियो । पोखराको फिर्के खोला सरसफाई गरेर सुरु भएको अभियान अझै जारी राखिने नागरिक समाज पोखराका संयोजक राबहादुर पौडेलले बताउनुभयो ।

हप्तामा १ घण्टा राष्ट्रको लागि स्वयंसेवा भन्ने मुल नाराका साथ सफाई अभियान संचालन गरिएको छ । पर्यटकीय शहर पोखरालाई स्वच्छ र सफा राख्ने उद्देश्यले अभियान संचालन गरिएको संयोजक पौडेलले बताए । काठमाडौको बाग्मती सफाई अभियानका सिको गदै सुरु भएको पोखरा सफाई अभियानमा सवैले साथ दिएको संयोजक पौडेलको भनाई छ । शनिबारको सरसफाईमा आठ सय जनाले सहभागीता जनाएको अभियान्ता अञ्जु क्षेत्रीले बताउनुभयो ।