राष्ट्रपतिद्दारा नवनियुक्त मन्त्रीहरुलाई पद तथ गोपनीयताको सपथ


काठमाडौं– राप्रपाको तर्फबाट नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शनिवार साँझ पद तथ गोपनीयताको सपथ दिलाएकी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रपति भण्डारीले शितल निवासमा शनिबार साँझ साढे सात बजे राप्रपा अध्यक्ष कमल थापासहित चार जनालाई सपथ खुवाएकी हुन् ।

ब्यवस्थापिका संसदको अन्तिम बैठकमा सम्बोधन गरेपछि प्रधानमन्त्रीसहित नव नियुक्त मन्त्रीहरु सपथ लिन शितल निवास पुगेका थिए ।

शनिवार विहान निर्वाचन आयोगसँगको छलफलपछि राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई सपथ दिलाएकी हुन् ।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारका लागि राष्ट्रपति कार्यालयमा शुक्रबार बेलुका पत्र पठाएका थिए ।

राप्रपा अध्यक्ष थापासहित राप्रपाकै जयन्त चन्द, दिलनाथ गिरी र विक्रम थापाले पनि मन्त्रीको सपथ लिएका छन् ।

यस्तै, भाष्कर भद्र, कुन्ती शाह, सुशीलकुमार श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्री नियुक्त भएका छन् ।

८ जना मन्त्री थपिएपछि वर्तमान मन्त्रिमण्डल ६४ सदस्यीय बनेको छ । यो नेपालको राजनीति इतिहासमै सबैभन्दा ठूलो मन्त्री मण्डल हो ।